सुर्खेत उपत्यकाको इतिहास र विकासक्रम

परापूर्वकालदेखि प्रकृतिको निर्माणसँगै मानव समाजको उत्पत्ति भयो । सुर्खेत उपत्यकाको एकीन इतिहास हालसम्म फेला परेको छैन । यसबारे फरक–फरक भनाइ रहेको पाइन्छ । यो उपत्यकालाई कसैले दोभानचौर भन्ने गरेका छन् भने कसैले चौहान बजार त कसैले कालापानी भन्ने गरेको लोकबोली छ । उपत्यकामा रहेको निलो र कालो पानी बग्ने झुप्राखोलाले थुपारेको धुलियाविटदेखि पश्चिमतर्फको भू–भाग, कतै समथल जमिन, कतै हाँडी, कतै टाकुरा त कतै घना जंगलले भरिएको दुई थरी रंगले जलासय यो उपत्यका कसैले सुरुङ खोली बनाएको लोकबोली पनि छन् । यो भू–भागमा हाल वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १३ चौखेढुङ्गामा करिब एक सय घर अति विपन्न परिवारको वस्ती छ । उनीहरूको मुख्य पेसा कुनै पनि छैन । जिविकोपार्जन गर्नका लागि माछा, भ्याकुर, तरुल, गिठा खाँदै आएका छन् ।
द्वापर युगको उत्पत्तितिरबाटै यो जातीको यो ठाउँमा बसोबास रहेकोे बुझिन्छ । उनीहरूले सिमलको डुडबाट डुंगा बनाइ मानिसहरूलाई नदी वारपार गराउने गर्दथे । चौखेढुंगामा अहिले पनि डुंगा बाँध्ने प्वाल परेको ढुंगा रहेका छन् । पाँच पाण्डव र एक सय भाइ कौरवहरूको लडाइ हुँदा १२ वर्ष वनवास पूरा गरी एक वर्ष गुप्तबास गर्न पाण्डवहरू सुर्खेत उपत्यकाको काँक्रेविहार जंगलमा आइ बसेको र पाण्डवहरूको दरबार हालको काँक्रेविहारको भग्नावसेषहरू होइनन् भन्न सकिदैन । कौरवहरूले राती आइ पाण्डवहरूको गुफाहरू भत्काएको हुनसक्ने र वनबाट सुरुङ खोली पाण्डवहरू सुरुङबाट निस्की श्रीस्थान हुँदै जुम्लातिर लागेर त्याहीबाट मानसरोवरतिर भएर झरेका हुनसक्ने भनाइ धेरैवर्षसम्म सुर्खेत उपत्यकामा बस्ने गरेका जानकारहरूबाट पाइन्छ ।
लाटीकोइली भन्ने नाम पनि एक परिचत र धार्मिकस्थल रहेको स्थान हो । यो स्थानमा शिवजीको मन्दिर अवस्थित छ । यो लाटीकोइली नाम कसरी हुन गयो भन्ने पनि एकमत पाइदैंन । लाटोकोसेरो भन्ने चराको बासस्थान रहेको हुँदा लाटीकोइली नाम रहन गएको हुनसक्ने भनाइ पनि पाइन्छ । शिवजीको मन्दिर ढुंगैढुंगाले बनाएकोले यसका शिलालेखमा लेखिएका अक्षरहरू परापूर्वकालका हस्तलिपीद्वारा लेखिएका छन् । हाल पुनर्निर्माण भइरहेको काँक्रेविहारलाई परापूर्वकालका राजी भाषामा लखागीन पर्वत भनिन्थ्यो । यो ठाउँमा सुधिष्ठिरले सराप दिँदा लखनगीन पर्वत भन्ने गरेको बताइन्छ । पाँच पाण्डवहरूको आहारविहार गरेको स्थान भएकोले उक्त स्थानलाई विहार भनिएको बुढापाकाहरूको भनाइ पाइन्छ । चौखेढुंगामा बसोबास गरेका द्वापर युगका राजी जातिहरूले हालको निकास रहेको ठाउँलाई १५ दिनसम्म खनी यो ठाउँको दहको पानी बाहिर निकास गरेका थिए । राजी जातिहरूको बलबुताले उपत्यकाको निलो र कालो पानी बाहिर निकास गरेपछि दह सुक्न गइ वस्ती विकास भएको हो । यो ठाउँ परापूर्वकालमा सिंजाका नाग राजाले सिजन बमोजिमको आफ्नो बसाइ गर्दथे । हिउँदमा दैलेखको दुल्लूमा आइ राज्य सञ्चालन गर्दथे भने अन्य समय जुम्लाबाट राज्य सञ्चालन गर्दथे । हालको सुर्खेत पनि उनको नियन्त्रणमा थियो ।
सुर्खेतमा रहेको देउतीबज्यैको कसरी उत्पत्ति भयो भन्नेबारेमा थोरैे भए पनि विवेचना गरिन्छ । देउतीबज्यै देउताको चेली भएकोले देउतीबज्यै नामाकरण भएको रहेछ । महादेवले आफ्ना नौ सन्तान छोरीमध्ये कि कान्छी छोरीलाई सानोभेरी र ठूलोभेरीको दोभानबाट मदुसमा राखी गंगामा दान दिएछन् । मदुस बग्दै आउँदा समझीघाटबाट माछा मार्न गएका निसन्तानी राजीका बुढाबुढीले जाल खेल्दै जाँदा जालमा मधुस लागेछ । मदुस बोकी आफ्नो बासस्थान चारकुनेमा ल्याएछन् । बाकसमा बालिका भेटिइन । उनको आहारविहारको जिम्मेवारी उनीहरूले नै लिए । बालिका दिन प्रतिदिन हुर्कदै गइन् । अचानक एकदिन बालिकाले आफनो जीवन ओलपिइछ । हाल नयाँगाउँस्थित देउतीबज्यै मन्दिर रहेको ठाउँमा उनको जीवन ओलपिएको रहेछन् । उनी ओलपिएपछि राजी जातिहरूलाई बाघले खान थालेछ । राजी जातिहरूको घरमा आगो लागि सम्पति नष्ट भएछ । अचानक राजीहरूलाई आकाशवाण्ीा भएछ कि पूजा गर र शान्ति आउनेछ । नेपालको यो भू–भाग खस राज्य परापूर्वकालमा खस राज्यका नागराजाले सिजन बमोजिमका राज्य सञ्चालन गर्दथे । हिउँदे सिजनमा दैलेख जिल्लाको दुल्लूमा र वर्खा मैसम अनुसार जुम्लामा बसेर आफ्नो स्वैछाचारी राज चलाएको देखिन्छ । त्यही समयमा उनले यहाँको सुर्खेत उपत्यकामा रहेकाहरूको समेत राजकाज चलाएको देखिन्छ । समय बित्दै जाँदा दैलेख निवासी भक्त मल्ल नेवार जातिका अगुवाले दाङबाट थारुजाति ल्याइ सुर्खेतमा बसोबास गराएको देखिन्छ । त्यतिबेला यो उपत्यकामा औलोको उच्च जोखिममा रहेको थियो । सुर्खेत उपत्यमा दह थियो । नयाँ गाउँमा देवीको मन्दिर रहेको घुस्रामा सामान्य मन्दिर बनाइ देवीको पूजाआजा राजी जातिले नै गरे । त्यतिबेला नै दैलेखबाट गौडाका वडाहाकिम सुर्खेत आएर मन्दिरमा पूजाआजा गरेछन् र उक्त मन्दिर पिपिरामा रहेको थारुबस्तीमा रहनेगरी सार्न आदेश दिएछन् । राजीले पिपलको रुखमा वाली पूजाआजा गर्न भुरा राजीलाई आदेश दिएछन् सो ठाउँमा थारु जातिहरूको बसोबास रहेको र उनीहरूले पालेका संगुरहरूले सो मन्दिरभित्र रहेका पूजाआजाका सामग्रीहरू विनास गरिदिएपछि भुरा राजी पूजारीले दैलेख गौडाका वडाहाकिमसँग बिन्ती चढाएछन् र बडाहाकिमको आदेशबाट पुनः त्यहाँरहेको मन्दिरका सामानसहित हाल मन्दिर रहेको ठाउँमा मन्दिर स्थापन भुरा राजीले गरेछन् । वि.सं. २००६ सालमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना हुँदा राजीको घरमा आइ केही मानिसहरू भूमिगत रूपमा बसेछन् र राजीहरू डराइ पूजाआजा गर्न छाडी घरबाट निस्की भावविहल हुँदैै कुडिल्लेको जंगलमा गएर १८ दिन बिताएछन् । उनको घरमा बसेका मानिसहरूले घर छोडेको खबर पाएपछि पुनः राजी फर्केर घरमा आइ पूजाआजा गरेको, लुकिछिपी बसेको र देउतीबज्यैको पूजाआजा गर्दै आएको उनका हाल रहेका सन्तानबाट बुझिन्छ ।
यो ऐतिहासिक मन्दिरमा पूजाआजा गरेवापत क्रान्तिका नाममा पूजारी अपहरण भए । वि.सं. २०६२ सालमा तत्कालीन माओवादीले हालका पूजारी टंक राजीलाई पनि अपहरण गरी अवलचिङसम्म पु¥याएको र ५ दिनपछि विभिन्न मानवअधिकारवादी संघ–संगठनको पहलमा अपहरणमुक्त भएका थिए । विशेषगरी शाह वंशका राजाहरू जिल्ला सवारी हँुदाका बखत देउतीमाताको पूजाआजा गर्न मन्दिर आइरहन्थे । केही समययता पूजारीको काम रामस्वरूप राजीले गरे पुनः छविलाल राजीले पूजाआजा गरे । उनको मृत्युपछि भुरा राजीका सन्तान टंक राजीले र उनका भाइहरूले पूजाआजा गरिरहेका छन् । २०५८ सालमा मन्दिर पुनर्निर्माण तत्कालीन लाटीकोइली गाविस अध्यक्ष अमृतबहादुर बिसीको पहलमा सुर्खेतस्थित सबै गाविस, जिविस, नगरविकास समिति, उद्योग वाणिज्य संघ लगायतको सहयोग तथा धर्मावलम्बीहरूको भेटीबाट पुनर्निर्माण भएको छ । पर्यटकीय तथा धार्मिक तीर्थस्थल गंगामाला देवतीबज्यै मन्दिर उचित संरक्षण र व्यवस्थापनको पर्खाइमा छ । यो मन्दिरको उचित व्यवस्थापनको लागि स्थानीय सबैले ध्यान दिन जरुरी छ । यसको विकास गर्नसके तथा हिन्दु र वौद्धिष्ट धर्मालम्वीहरूको आस्थाको धरोहरको तथा आन्तरिक पर्यटन विकासमा टेवा पुग्नेछ ।
सुर्खेत उपत्यकामा वस्ती विकासको इतिहास पनि धेरै पुरानो होइन । वि.सं. २०१७ सालमा दैलेखबाट गोठीकाँडामा अड्डा सार भएको र समथल भूमिमा थारु जातिहरूको मात्र बसोबास रहेको थियो । औलोको कारणले अन्य जातिका मानिसहरू उपत्यकामा बस्न नसकी दिनभर उपत्यकामा खेतीपाती गर्ने र बेलुका, गौझेनी, गोठीकाँडा, जर्बुटा, कटुकामा बस्ने गर्दथे । तोरीको उत्पादन धेरै हुने भएकाले सुर्खेतको तोरीवारी गीतै तयार थियो । वि.सं. २०३९ सालदेखि तत्कालीन राजा वीरेन्द्रको जिल्ला भ्रमणपछि यसको महŒव बढेको बुझिन्छ । वि.सं. २०१७ साल अगाडि सुर्खेत जिल्लाको सबै कामकाज दैलेखबाटै हुने गर्दथ्यो । २०१७ सालपछि मात्र यसको सदरमुकाम सुर्खेतको उपत्यकामा रह्यो । विस्तारै सरकारी काम काजको सुरुआत भयो । वि.सं. २०२९ सालम सर्वे नापी सुरु भयो । सुर्खेत उपत्यकामा सरकारले २०३४ सालमा औलो उन्मूलन गरे पश्चात् अन्य जातिका मानिसहरूको उपत्यकामा बासेबासको क्रम वृद्धि भएको हो । २०३४ सालदेखि दैलेखबाट मटेला गाविस सुर्खेत जिल्लामा राखियो । सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर योजनाबाट कार्यान्वयन योजनाको नामबाट सञ्चालित भयो । भौतिक योजनाको नामबाट कार्यालय सञ्चालन हुँदा
उपत्यकाको गुरुयोजनाको काम सुरु भयो । यसको गुरुयोजना माधवभक्त माथेमाले गरेको हुन् । पञ्चायतकालमा सुर्खेतको योजना गतिलो गरी निर्माण भएकै हो । राजमार्गदेखि तलतिरको भू–भाग खेतीको लागि छनौट गरिएको हो । सुर्खेत जिल्लाको बस्ती बस्तै जाँद ईत्राम, नेवारे, चिसापानी, भैरवस्थान, ढोडेखाली, गागे्रताल, कालुङ्गचौकमा विस्तार हुँदै गयो । चौखेढुंगाको पुरानो बस्ती पातलिदैं र अनेत्र बस्ती बाक्लिदैं

प्रकाशित मितिः   १३ फाल्गुन २०७३, शुक्रबार १६:४२