जनप्रियको १८औँ साधारणसभा

सुर्खेत: जनप्रिय बहुउद्देश्यीय सहकारी संस्था, वीरेन्द्रनगर–३ सुर्खेतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा सभा गरिएको हो ।

संस्थाका अध्यक्ष रतिमान सिंहको अध्यक्षता तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद थानीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न गरिएको छ । सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा तीन करोड २६ लाख ३० हजार बराबरको कारोबार गरेको छ । यस्तै आर्थिक वर्ष २०८०÷०८१ का लागि पाँच करोड ९६ लाख १२ हजार बराबरको कारोबार हुने प्रस्तावित लक्ष्य निर्धारण गरिएको छ ।

संस्थाका कोषाध्यक्ष हिराकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा परीक्षक कृष्णप्रसाद पौडेलले लेखापरीक्षण प्रतिवेदन, लेखा संयोजक जगतीराम लम्सालले लेखा सुपरीक्षण प्रतिवेदन र ऋण संयोजक निमबहादुर भण्डारीले ऋण लगानी र असुलीसम्बन्धी प्रतिवेदन सभामा पेस गरेका थिए । सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारिति भएका छन् ।

प्रकाशित मितिः   ८ पुष २०८०, आईतवार ०५:०२