‘जीवनसाथी एकअर्काको दुःख बिसाउने चौतारी हुन्’

सङ्गीतकार यज्ञ गिरी र उनकी जीवनसाथी इन्द्रा गिरी ।
श्रीमती भनेको जीवनसाथी हुन्, भर हुन्, डर हुन्, सुख, दुःख बिसाउने चौतारी हुन् । श्रीमती विना जिन्दगीले पूर्णता पाउन सक्दैन । जीवन नै अधुरो अपुरो हुन्छ । एकजना साधारण मानिसदेखि ठूला–ठूला मानिससम्मलाई श्रीमती विनाको जीवन अधुरो रहने गर्छ । आफ्नो मन बुझ्ने, मन मिल्ने श्रीमती र एउटा साथी भयो भने जिन्दगी साँच्चिकै सफल हुन्छ । साँचिक्कै मन बुझ्ने, मन मिल्ने साथी प¥यो भने, जिन्दगी नै सफल हुन्छ । धेरै अगाडि बढ्न सकिन्छ । हरेक काम गर्न, काम थाल्न आँट हुन्छ । कतै केही समस्या प¥यो भने घरमा आएर श्रीमतीसँग पोख्न पाइन्छ । कसैसँग भन्न नसकेको कुरा श्रीमतीसँग खुलेर भन्न सकिन्छ । श्रीमती भनेको दुःख, सुख बिसाउने चौतारी पनि हुन् । जीवनमा हरेक सुखी श्रीमतीले नै दिन्छिन् । श्रीमतीलाई आमापछिको स्थान दिन सकिन्छ । किनभने जसरी आमाले आफ्नो बच्चालाई स्याहार सुसार गर्छिन् त्यस्तै स्याहार सुसार श्रीमतीले श्रीमान्लाई गरेकी हुन्छिन् । त्यसैले श्रीमतीलाई आमापछिको दर्जा दिइन्छ । यज्ञ गिरी पनि यसमा सहमत छन् ।
पिता धिरेन्द्रदेव गिरी र माता टिकादेवी गिरीको कोखबाट २०२२ सालमा जन्मिएका यज्ञ गिरी बाल्यकालमा धेरै साथी नबनाउने, धेरै नबोल्ने र एकान्तमा बस्न रुचाउने स्वभावका थिए । उनी शान्त र धेरै नबोल्ने भए पनि गीत सङ्गीत भनेपछि हुरुकै हुने गथ्र्यो  । बाल्यकालदेखि नै सङ्गीत क्षेत्रमा लागेका गिरी बाल्यकालदेखिको रूची थियो कि भविष्यमा सङ्गीत क्षेत्रमा लाग्ने । उनको जुन लक्ष्य आज पूरा भएको छ । उनको परिवारमा नै साङ्गीतिक माहोल भएका कारण उनको ध्यान पनि बढी नै सङ्गीतमा नै गयो । उनको बुबा र दाईले घरमा तवला, मादल बजाउने गरेको देखेर उनको मन पनि सङ्गीतमा नै झुम्न थालिसकेको थियो । सङ्गीत क्षेत्रलाई निरन्तर अगाडि बढाउने उनको भविष्यको योजना पनि थियो जुन अहिले पनि उनी सङ्गीत क्षेत्रमा नै रमाइरहेका छन् । उनले सङ्गीतमा पनि सबै किसिमको बाजाहरू बजाउने गर्छन् । त्यसमा पनि उनको विशेष र उनलाई चिनाउने भनेको हार्माेनियम नै हो । उनले गीतमा सङ्गीत दिने भएकाले हार्मोनियम आफू मात्र होइन धेरैलाई सिकाइसकेका छन् । उनले भने, ‘म सबै किसिमको बाजाहरू बजाउने गर्छु तर, मलाई चिनाउने भनेको हामोनियम नै हो ।’ उनी बाल्यकालमा पनि कार्यक्रमहरूमा हार्मोनियम बजाउने गथ्र्यो ।
बाल्यकालदेखि नै सुरु भएको सङ्गीत क्षेत्रको यात्रा अहिलेसम्म निरन्तर रूपमा अगाडि बढाइरहेका छन् । उनले हालसम्म राष्ट्रियस्तरसम्म पुगेर थुप्रै पुरस्कार जितिसकेका छन् । उनले सङ्गीत दिएको गीत ‘मिलनमा हुँदो रै’छ छुट्नै गाह्रो’ बोलको गीतले चार वटा अवार्ड समेत पाइसकेको छ । उनले हालसम्म ५० वटा आधुनिक र गजलहरूमा गीतहरूमा सङ्गीत दिइसकेका छन् । उनी सङ्गीतमा मात्र होइन शिक्षा क्षेत्रमा पनि आवद्ध छन् । उनले भने, ‘म सङ्गीत क्षेत्र सँगसँगै शिक्षा क्षेत्रमा पनि निरन्तर रूपमा अध्यापन गराइरहेको छु ।’ उनी आफैमा एक कलाकार त्यसमा पनि सङ्गीतकार भएका कारण विद्यालयमा पढाउँदा विद्यार्थीहरूलाई पनि गीत सङ्गीतका माध्यमबाट पढाउँदा विद्यार्थीहरूले छिटो बुझ्ने गरेको उनको अनुभव छ । उनले अहिले बालमन्दिर प्रावि वीरेन्द्रनगरमा अध्यापन पनि गराइरहेका छन् । उनी विशेष गरी सङ्गीत क्षेत्रमा १४ वर्षको उमेरदेखि निरन्तरण रूपमा लागि रहेका छन् ।
सङ्गीत क्षेत्रमा रमाइरहेका गिरीको घरमा उनको विवाहको कुरा चल्न सुरु गरेको थियो । उनको विवाहको कुरा चलेको केटी अरु कोही नभएर इन्द्रा गिरी थिइन् । उनीहरू दुवैमा चिनजान त थियो तर, बोलचाल भने भएको थिएन । घरबाट विवाहको कुरा चलेको हुँदा उनीहरू दुवैले एकआपसमा कुरा गर्ने मौका पनि पाएनन् । उनीहरू भन्छन्, ‘हाम्रो विवाहको कुरा घरबाट बुबाआमाले गर्नुभएको हो त्यसैले कुरा गर्ने मौका पनि पाइएन ।’ पहिलेदेखि नै देखा देख त हुन्थ्यो तर, बोलचाल भने भएको थिएन । हुन त दुवैले एकआपसमा मन पनि पराउथे तर दुवैले भन्न सकेका थिएनन् । उनीहरूको मनको कुरा सायद घरपरिवारले सुनिदिए त्यसकारण पनि उनीहरूको घरपरिवारले नै विवाहको कुरा अगाडि बढाएका थिए ।
गिरी पनि इन्द्रालाई भित्रभित्र मन पराउँथे, घरबाट आफूले नै मन पराएको केटी माग्न जाने भनेर सुन्दा उनी सुखी भएका थिए । इन्द्रालाई पनि गिरी मनपरेका थिए । मन पराए पनि दुवैको एकपटक बोलचाल समेत नभएर वि.सं. २०४८ सालमा मागी विवाह भयो । विवाहपछिका दिनमा इन्द्रालाई घरमा सबैसँग रिज्न र भिज्न त्यति गाह्रो त भएन तर, छोरी भएर माइतीमा बाबुआमाको मायाममतामा हुर्किएको मान्छे एक्कासी विवाह घरमा सबै काम गर्नुपर्दा उनलाई अलि गाह्रो त भएको थियो । उनले भनिन्, ‘अब छोरी र बुहारी शब्द नै धेरै फरक छ, छोरी हुँदा जति ऐसआराममा बस्न र खान पाइन्छ बुहारी हुँदा घरको सबै काम गर्नुपर्ने र सबैको मान सम्मान, बोल्दा विचार गरेर बोल्नुपर्ने, जान मन लागेको ठाउँमा जादा सोध्नुपर्ने जस्ता थुप्रै चुनौतीहरू हुन्छन् ।’ पिता टिकाराम भारती र माता देवी भारतीको कोखबाट वि.सं.२०२७ सालमा जन्मिएकी इन्द्रा बाल्यकालमा शान्त र धेरै नबोल्ने स्वभावकी थिइन् । उनी खासै धेरै साथी बनाउन रुचाउँथिनन् । आफ्नै धुनमा काम गर्ने स्वभावकी थिइन् ।
विवाहपछिका दिनमा यो जोडीको झगडा सामान्य रूपमा कहिले काहीं हुनेगर्छ । भनिन्छ, ‘जहाँ माया हुन्छ त्यहाँ झगडा हुनु स्वभाविकै पनि हो ।’ श्रीमान् श्रीमती भएपछि सामान्य झगडा त जसको पनि हुन्छ, उनीहरू भन्छन्, ‘आगो पनि नठोसेसम्म बल्दैन भन्छन्, श्रीमान् श्रीमतीको झगडा पनि त्यस्तै हो ।’ श्रीमान् श्रीमतीको झगडा एकै छिनको लागि हो यो झगडा लामो समयसम्म रहन सक्दैन । गिरी कार्यक्रममा धेरै जसो बाहिर जाने भएकाले इन्द्रालाई कहिले काहीं बाहिर नगइदिएको भए हुन्थ्यो जस्तो लाग्नेगर्छ । गिरीले कार्यक्रमबाट पाएको सम्मानले इन्द्राको शंकालाई भुलाइदिने गर्छ । उनले भनिन्, ‘उहाँले जितेर सम्मान पाउँदा र पुरस्कार पाउँदा एकदमै सुखी लाग्ने गर्छ, फेरि सबै कुरा धन सम्पत्ति पनि होइन मेरो लागि उहाँ सबैको सामु चिनिन पाउँनु र मान सम्मान पाउनु नै मेरो लागि सबैभन्दा ठूलो धन सम्पत्ति हो ।’ इन्द्रा श्रीमान्लाई सङ्गीत क्षेत्रमा लाग्नको लागि पूर्णरूपमा प्रेरणा दिने गर्छिन् । श्रीमान्को सफलतामा इन्द्राको खुशी लुक्नेगर्छ । उनी श्रीमान्को सफलतामा आफूलाई निकै सुखी र भाग्यमानी ठान्ने गर्छिन् ।
यो दाम्पत्य जोडीको साथमा दुई छोरा छन् । भनिन्छ नि, ‘गुरु भर विद्या सर’ गिरीको जेठो छोरा विवेक गिरी पनि सङ्गीत क्षेत्रमा नै लागेका छन् । गिरी हामोनियम बजाउने गर्छन् । छोरा भने गितार बजाउने गर्छन् । घरमा जस्तो वातावरण भयो सन्तानले पनि त्यस्तै पाठ सिक्छन् भन्ने उदाहरण गिरीका छोरा बनेका छन् । यो जोडी एकअर्काेको प्रशंसा पनि निकै गर्ने गर्छन् । गिरीलाई इन्द्राको आफूले केही कुरा भनौंला भनेर सोच्दा–सोच्दै इन्द्राले पहिले नै त्यो काम गरिसकेकी हुन्छिन् जुन बानी मनपर्ने गर्छ । उनले भने, ‘म केही काम सिकाउनुभन्दा अगाडि नै काम गरेर सक्छिन् त्यो बानी नै मनपर्नेगर्छ ।’ इन्द्रालाई भने गिरीको प्रायः सबै बानी मनपर्ने गर्छ । उनले भनिन्, ‘मलाई त उहाँको सबै बानी मनपर्ने गर्छ ।’
यो जोडीका अनुसार श्रीमान् श्रीमती भनेको एक रथका दुई पाङ्ग्रा हुन् । रथको एउटा मात्र पाङ्ग्राले काम गर्न छोड्यो भने अर्काे एउटा मात्र पाङ्ग्राले काम गर्न सक्दैन । मान्छेको जीवन पनि त्यस्तै हो । श्रीमान् श्रीमती एकअर्काेको दुःख बिसाउने चौतारी जस्तै हुन् । एकअर्काेको जीवन्तसम्मको साथी हुन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमती बीचको यो सम्बन्धलाई सधैं कायम राख्नको लागि सबैभन्दा पहिला त एकअर्काेमा विश्वास र समझदारी हुन आवश्यक छ ।’ दुवैको भावना एकअर्काेले बुझ्न जरुरी छ । जीवन साथी भनेको आफैमा पूर्ण शब्द छ जुन सम्बन्ध सबैभन्दा माथि हुन्छ । श्रीमान् श्रीमतीबीचमा झगडा, रिस, शंकाभन्दा पनि एकअर्काेमा सधंै माया भइरहनु पर्दछ ताकी दाम्पत्य जीवनलाई सहज रूपमा अगाडि बढाउन सकियोस् । उनीहरू भन्छन्, ‘विवाह गरेर मात्र जीवन साथी भइदैन, विवाह पछिका दिनमा दुवैले एकअर्काेको भावनाको मान सम्मान गर्न जान्नुपर्छ । जब एकअर्काेमा विश्वासको डोरी बलियो हुन्छ तब मात्र जीवन्त जीवन्तसम्मको जीवनसाथी भइन्छ ।
प्रकाशित मितिः   १ फाल्गुन २०७२, शनिबार १०:२८