विद्यापुरमा प्रज्ञामण्डल गठन

सुर्खेत: पञ्चपुरी नगरपालिका वडा नं. ९ विद्यापुरमा पाँच कुण्डीय गायत्री यज्ञ कार्यक्रम सम्पन्न भएको छ । गायत्री शक्तिपीठ बुलबुलेको आयोजनामा आइतवार कार्यक्रम गरिएको हो ।

कार्यक्रमको सञ्चालन गायत्री परिवार बुलबुलेका अध्यक्ष लिलाराम सुवेदीले गरेका थिए भने उक्त भक्तजनहरूलाई गायत्री परिवार नेपालका केन्द्रीय सदस्य एवम् बुलबुले शक्तिपीठका उपाध्यक्ष श्यामकुमार भारतीले प्रवचन र प्रशिक्षण दिएका थिए । कार्यक्रममा गायत्री शक्तिपीठका सल्लाहकार अमरबहादुर कार्की र ईश्वर श्रेष्ठकोसमेत सहभागिता रहेको थियो ।

कार्यक्रमको समाप्तीपछि ज्योतिष ऋषिराम सापकोटाको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा दयाराम भुसाल, सचिवमा रामप्रसाद सापकोटा र कोषाध्यक्षमा दीपा पौड्याल रहेको गायत्री शक्तिपीठका कोषाध्यक्ष यामलाल घिमिरे जानकारी दिए ।

प्रकाशित मितिः   २ पुष २०८०, सोमबार १२:०८