निःशुल्क स्वास्थ्य शिविर
सुर्खेत, २९ माघ । (साबिस)
मुटु तथा मधुमेह रोग सम्बन्धी एक दिने निःशुल्क शिविरबाट पाँच सय ४२ जनाको स्वास्थ्य जाँच गरिएको छ । सुर्खेतस्थित पाँच वटा लायन्स क्लबहरूले नेपालगन्ज मेडिकल कलेजको प्रविधिक सहयोगमा शुक्रवार वीरेन्द्रनगरमा शिविरको आयोजना गरेका हुन् ।
शिविरमा एक सय ५८ जनालाई निःशुल्क ईसीजी सेवा, तीन सय ४८ जनालाई क्वेष्ट फार्मेटिकल्सबाट निःशुल्क औषधि प्रदान गरिएको र एक सय सात जनाको निःशुल्क मधुमेह जाँच गरिएको शिविरका प्रचारप्रसार संयोजक सम्राट गौतमले जानकारी
दिए । शिविरमा चितवन मेडिकल कलेजमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी लगायतको स्वास्थ्यकर्मीहरूको टोली संलग्न थियो ।
शिविर सञ्चालनका लागि पाँच लाख ५१ हजार खर्च भएको आर्थिक संयोजक टुकाराम लामिछानेले जानकारी दिए । कार्यक्रममा लायन्स क्लब अफ दैलेखको पनि सहभागिता रहेको थियो ।
साझा बिसौनी संवाददाता ।