गर्भवतीलाई तालिम

सुर्खेत, २८ चैत । (साबिस)
इन्सेक सुर्खेत र सामुदायिक मेलमिलाप विकास मञ्चको आयोजनामा आइतवार उत्तरगंगा स्वास्थ्यचौकीमा  गर्भवती महिलाहरूलाई तालिम दिइएको छ । २० वर्ष भन्दा मुनीको उमेरमा गर्भवती हुँदा अपनाउनुपर्ने उपाय, समस्या लगायतका विविध पक्षका बारेमा तालिम दिइएको थियो । 
महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रमुख महिला विकास अधिकृत जमुना पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका रेणु सिंह, इन्सेकका टीका विष्ट, वडासचिव खड्गबहादुर केसी लगायतको उपस्थिति रहेको तालिममा गर्भवतीहरूलाई सुपानेट झुल पनि वितरण गरिएको स्वास्थ्य केन्द्रका सिनियर अहेव उदय थापाले जानकारी 
दिए । तालिममा करिब एक सय जना गर्भवती महिलाहरूको सहभागिता रहेको थियो । जसमा ६० प्रतिशत २० वर्षमुनीका रहेको जनाएको छ ।