राष्ट्रिय छनौटमा सुर्खेतका चार खेलाडी
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ चैत ।
काजकिस्तानमा हुने १४ वर्षमुनीको फुटबल फेस्टिभलमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीका लागि भएको छनौट चरणमा सुर्खेतका चार खेलाडी परेका छन् । सुर्खेतका मृगेन्द्र बुढा मगर, रोशन राना मगर, अस्मित प्याकुरेल र धर्मेन्द्र शाही राष्ट्रियस्तरको छनौटका लागि चयन भएका हुन् ।
नेपालगन्जमा भएको क्षेत्रीयस्तरको छनौट चरण पारे गरेका उनीहरूले अब काठमाडौंमा हुने राष्ट्रियस्तरको छनौट चरणमा प्रतिष्पर्धा गर्ने सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । राष्ट्रियस्तरको छनौट पार गर्ने खेलाडीले काजकिस्तानमा हुने फुटबल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाउने उनले जनाए ।
साझा बिसौनी संवाददाता ।