अन्तर्राष्ट्रिय हाजिरी जवाफमा चिल्ड्रेन्स प्याराडाइज प्रथम

सुर्खेत: अन्तर्राष्ट्रिय अनलाइन हाजिरी जवाफ प्रतियोगितामा सुर्खेतको चिल्ड्रेन्स प्याराडाइज माध्यमिक विद्यालय प्रथम भएको छ । विद्यालयकोतर्फबाट कक्षा ७ मा अध्ययनरत सतिस रानाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

‘भोइस एसिय न्युज’ ले विश्वसम्पदालाई विषयवस्तु बनाएर प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा नेपालसहित भारत र मलेसियाका विभिन्न ७२ विद्यालयका एक हजार चार सय ८० विद्यार्थी सहभागी थिए । आयोजकले सबै देशका विद्यार्थीका लागि एउटै समयमा एउटै किसिमका प्रश्नहरूमार्फत् प्रतियोगिता आयोजना गरेको थियो । चिल्डे«न्स प्याराडाइजका सतिसले सबैभन्दा छोटो समयमा धेरै प्रश्नहरूको उत्तर मिलाई प्रथम भएका थिए ।

प्रतियोगितामा दिल्ली पब्लिक स्कुल इन्डियाकी देवसिही लखेरा प्रथम रनर अप भएकी थिइन् भने गभर्मेन्ट माध्यमिक विद्यालयकी नभज्वत कौर द्वितीय रनर अप भएकी थिइन् । प्रथम हुन सफल सतिसलाई नगद दुई सय डलर र ट्रफिसहित सम्मान पुरस्कृत गरिएको छ ।

प्रकाशित मितिः   १२ मंसिर २०८०, मंगलवार ०९:०५