एउटा प्रेमपत्र

पुनम बिसी
खै कसरी सुरु गरु ? कहाँबाट सुरु गरु ? कुनै पत्तो पाउन सकिरहेको छैन । भनिन्छ, मायाको कुनै निश्चित रूप हँुदैन, माया गर्ने कुनै निश्चित समय हुँदैन । माया गर्नलाई कुनै निश्चित स्थान हुँदैन । तर माया, माया हुन्छ । आखिर के हो ? कस्तो हुन्छ ? कसरी हुन्छ ? कहाँ हुन्छ ? संसारमा व्यक्ति पिच्छे यस सम्बन्धी धारणाहरू फरक–फरक रहेका छन् । मायाका भावहरू व्यक्त गर्नका लागि अथवा माया प्रस्फुटनको माध्यम बनेको प्रेम पत्रमा कुनै संस्थानका लागि निश्चित विषयमा रहेर लेखिने निवेदनको जस्तो ढाँचा त पक्कै हुँदैन होला । आशा छ, यसलाई पखाईमा बसेको तिम्रो मायालुको पत्र ठानी स्वीकार्ने छौं ।
पहिले पहिले अरुद्वारा सिकाइए, कहिले कहिले हात काटी लेखे, आई लभ यू । सुन्दर अक्षरमा सायरीले भरिएका पत्रहरू पनि पठाए । कहिले मिति, समय, स्थान तथा साथमा ‘केवल तिम्रो याद’ भनि लेखे पनि । सायद ती पत्रहरूको महŒव रहेनछन् । महŒव भएको भए, आज पनि म तिमीलाई पर्खिरहेको हुने थिइन्, तिमी मेरो साथमा रहने थियौं । आखिर माया त माया हो । माया नभएको भए संसार कसरी चल्ने थियो होला र ? 
अञ्जानमै तिमीसँग प्रेम गर्न पुगेछु, जसको कुनै आभाष थिएन । तिमीसँग असल साथित्वको नातामा बाँचेको थिए । सँगै हिँड्यांै, पढ्यौ अनि रमायौ पनि । तिम्रो साथलाई प्रेमको संज्ञा दिन मलाई डर लाग्थ्यो । कहिले तिम्रा यादहरूलाई प्रेमको संज्ञा दिँदा आफै आफूलाई गलत परिभाषित गर्थे, मन बुझाउँथे ।    
पहिले पहिले विद्यालय जाँदा तिमीलाई लुकीलुकी खुब पछ्याए ? तिमीलाई पनि थाहा छ ? प्रमाणको रूपमा मेरा साथी भाइको भनाइमा व्यङ्ग्य बोकेका शब्दहरू, पागलपनमा अभिभावकद्वारा गरिने गाली र तिम्रा साथीहरूको भनाइहरू प्रशस्तै छन् । 
तिमी र म, हामीले साथिभाइले ठहराउँदा पनि ‘प्रेम सम्बन्ध होइन’ भनी जित्यौ । तर सधंैभर यसरी चल्न सकेन । समयले रूप बदलिएको थियो । परिस्थिति तथा नाता बदल्ने स्वार्थको जालमा म फसेँ । कोरिएका कति प्रेमपत्रहरूलाई जबर्जस्ती तिम्रो किताबमा लुकाए भने कति तिम्रा साथीहरूलाई हुलाकी पनि बनाए । अ ह, मेरा पत्रहरूको सम्बोधन भएका थिएनन् । उत्तर आउनुपर्ने पत्र, सायद नेपाल सरकारका पञ्चवर्षीय योजना झै भए । भएको साथित्वको नाता पनि टाढियो ।
माया व्यक्त, मैले पनि गरेको थिए । मात्र वर्तमान समय भन्दा फरक थियो, तर मायामा कुनै कमी छैन । सायद प्रेम दिवसको अवसरमा दिनहरूलाई संज्ञा गर्दै कहिले टेडी, कहिले रोज, कहिले हग, कहिले किस त कहिले प्रस्ताव, मैले गर्न सकिन । दिन सकिन । यी, माया व्यक्त गर्ने माध्ययमहरू मात्र होइनन् र ? तर मेरो माया आजीवन छ । सायद अपरम्पार पनि । र, जुनीजुनीलाई । 
कल्पनाको सागरमा तिम्रो वरपर सधैं रुमल्लिने गर्ने गरेको छु । कहिले तिमी मेरो पत्नी बन्छौं, कहिले प्रेमीका मात्र त कहिले म तिम्रो नजिक भए नि टाढा भएको महसुुस गर्छु । अवास्तविक संसारमा तिमीलाई सारा खुशी ल्याएर दिएको छु, समाजमा तिमीलाई आफ्नो नामको माध्यमले सुरक्षित राखेको छु, तिम्रा चाहनाहरूलाई मेरो बनाएको छु, हाम्रा सोच तथा भविष्य एक भएका छन् । लक्ष्यहरू साझा भएका छन्, एक लक्ष्यमा हामी दुवैसँगै ढुंङ्गा खियाइरहेका छौं । तर कल्पना भन्दा वास्तविकता फरक छ । मेरो प्रेम र पखाईले तिम्रो उपस्थितिलाई पहिलो प्राथमिता दिने गर्छ । अझै पनि यो मानसपटलमा तिम्रो सुन्दर मुहार, लजालु हेराइ घुमिरहेका छन् । 
धेरै धैर्य गरे । तिमीलाई धेरै पटक सम्झाए पनि, सायद प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा तिमीलाई मेरो मायाको आभाष गराएको  थिए । अन्त्यमा साथीभाइद्वारा दिइने उत्साहलाई साथमा लिएर प्रस्ताव पनि राखेको थिए, तिमीलाई याद नै छ होला ? न तिमीले स्वीका¥यौ न त त्यसलाई अस्वीकार नै ग¥यौं । सायद यसको कारण ‘प्रस्ताव दिन’ विना पनि तिमीलाई मैले प्रस्ताव राख्नु हो ? या त मेरो योग्यतामा कमी, या तिम्रो रोजाइमा फरकपन ?  
निकै दोधारमा राख्यौ । कहिले मायाका तरंगहरू छ¥यौं त कहिले अविश्वासका । परिवर्तनका तिरहरूले घोचिरह्यौं । अयोग्य घोषित पश्चात् सुधारको बाटोमा लागिरहे, लागिरहेको छु । सायद वर्तमान समयमा धेरै परिवर्तन भइसकेको हुँला तर पनि त्यसको प्रतिफलमा तिम्रो उपस्थिति शून्य भएको छ ।  
झर्दै गरेको तारासँग तिमीलाई नै मागे र सधैं मागिरहन्छु पनि । चम्किरहेको ताराहरूले तिमीलाई नै संज्ञा गर्छन् । उदाएको जुनले तिम्रो आभाष जगाइदिन्छ । फूलेका फूलहरू आफ्नो उपयोग नगरिएको बताउँछन् । प्रायः मन्दिरमा तिमीलाई नै माग्ने गर्छु । 
कहिले सम्पर्कमा आइदियौं त कहिले अञ्जान बनिदियौं । मानिसबाट जानी–जानी तथा अञ्जानमा भूलहरू भएका छन् र भइरहन्छन् । म बाट भूल भए या नभए पनि म सधैं तिम्रो दोषी रहिरहनेछु । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा तिमी मलाई टाढा जान धकेलिरह्यौ, म गएको छु पनि । तिम्रो साथको आशामा कयौं दिनहरू काटे । सुखमा तिमीलाई नै सोचिरहे । दुःखमा तिमीलाई कल्पनामा मात्र मेरो साथीको रूपमा पाए, जसले सधंै प्रेरणा जगाइरहन्थ्यो । 
टाढा जानलाई जनायौ, गए पनि । नजिक आउन लगायौ आए पनि । तिम्रा निर्णयहरूमा कठपुतलीको रूपमा बाँच्नुमा पनि आनन्द लिए, किनकि तिमी मेरो निर्देशक थियौं र भगवान पनि ।   
तिमी सही थियौं र सधैं हुनेछौ । तिम्रो विचार तथा निर्णयहरू आजीवन उत्तम मानिनेछन् । त्यसलाई गलत सावित गर्न म कहिल्यै लागिपर्ने छैन । तिम्रा विचार तथा बाटोहरूलाई गलत सावित गर्नु नै तिमीलाई गलत सावित गर्नु हो, तिमी माथि भावी योग्यतामा कमी ठहराउनु हो । एक प्रेमीले आप्mनो चाहनालाई कसरी गलत भन्न सक्छ र ? पर्खाइले तिमीलाई दिएको स्थान सधैं उच्च रहिरहनेछ । डर लाग्छ भावी जीवनमा कतै तिमी मेरी हुनेछौ भनी । त्याग र पर्खाइले मायालाई गाढा बनाइदिँदो रहेछ । तिमी मेरी भयौ भने, जति कल्पनामा तिम्रो उच्च स्थान छ त्यति नहोला । पर्खाइमा बाँचेको छु, अब यसैमा बाँच्न देउ । 
प्रेम दिवसको अवसरमा तिमीलाई शुभकामना । 
प्रकाशित मितिः   २ फाल्गुन २०७२, आईतवार १२:०७