भवन शिलान्यास

साझा बिसौनी संवाददाता
सुर्खेत, १ फागुन ।
पूर्वी सुर्खेतको सुभाघाट गंगामाला नगरपालिका वडा नम्बर १२ स्थित मूलपानी सामुदायिक वन क्षेत्रमा निर्माण गर्न लागिएको आठकोठे पक्की भवनको शनिवार शिलान्यास गरिएको छ । कार्यालयको भवनको जिल्ला वन कार्यालय सुर्खेतका जिल्ला वन अधिकृत हेमराज विष्टले शिलान्यास गरेका हुन् ।
विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरू, वन कर्मचारीहरू, राजनीतिक दलहरूको उपस्थितिमा उक्त भवनको शिलान्यास गरिएको जनाइएको छ । उक्त वन कार्यालयको भवनको शिलान्यासपछि जिल्ला वन अधिकृत हेमराज विष्ट, सहायक वन अधिकृत सूर्य शर्मा सहितको टोलीले भेडावारी सामुदायिक वन र साविकको घुमखहरे गाविस वडा नं. ९ स्थित वैज्ञानिक वनको पनि शनिवार स्थलगत अनुगमन गरेको छ ।