सेन्टमेरिजको वार्षिकोत्सव

साझा बिसौनी संवाददाता
सुर्खेत, १ फागुन । 
सेन्टमेरिज को–एड उच्च मावि वीरेन्द्रनगरको २२ औं वार्षिकोत्सव शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक भोजप्रसाद शर्माले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य बालदीप कँडेल, प्याब्सन सुर्खेतका अध्यक्ष नैनसिंह खत्री, विभिन्न विद्यालयका प्रमुखहरू लगायतले शुभकामना मन्तव्य राखेका थिए । साथै सोही अवसरमा विद्यार्थीहरूले मुठ्ठीदान कार्यक्रम गरी ७५ केजी चामल र एक हजार सात सयत नगद सङ्कलन गरी प्रशान्ति वृद्धाश्रमलाई हस्तान्तरण गरेका थिए । विद्यालयका प्रिन्सिपल नवराज गुरुङ्गले विद्यालयको प्रगति प्रतिवेदन र आगामी रणनीतिबारे जानकारी गराएका थिए ।