दैलेखमा चोर पक्राउ

साझा बिसौनी संवाददाता
दैलेख, १ फागुन ।
मोबाइल र फेन्सी पसलहरूमा चोरी गर्ने दैलेखमा पक्राउ परेका छन् । दैलेख प्रहरीले चोरीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । मालिका–८ लेखालगाउँ घर भएका १७ वर्षीय दुर्ग सिंहलाई चोरेको सामानसहित प्रहरीले पक्राउ गरेको हो ।
दुल्लू नगरपालिका–१ तल्लोडुङ्गेश्वर बजारका ३ पसलमा चोरेर फरार भएका सिंहलाई प्रहरीले विशेष सुराकीका आधारमा पत्ता लगाइ सामग्रीसहित पक्राउ गरेको जनाइएको छ । ढकेन्द्र शाहीको मोबाइल पसल, खड्क शाहीको मोबाइल पसल र प्रेमबहादुर शाहीको फेन्सी पसलबाट एक साताअघि मोबाइल, रिचार्ज कार्ड, फेन्सी कपडा र नगद पैसा चोरी भएको उजुरी प्रहरीमा दिइएको थियो । ती पसलबाट नगद र सामान गरी करिब ७३ हजार एक सय ५० रूपैयाँको चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पसलहरूमा चोरी गरेको उजुरी आएपछि विशेष सुराकीका आधारमा सामग्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) वीरबहादुर वलीले बताए ।