विनाशकारी भूकम्प र कृषिमा गर्नुपर्ने कार्यहरू

कार्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १ को रामीडाँडामा केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको गति भने ६.४ रेक्टर स्केलको रहेको थियो । भूकम्प भनेको प्राकृतिक विपद्मा पर्दछ । यसलाई दैवी प्रकोपको रूपमा पनि परिभाषित गरिएको छ । भूकम्पले धेरै जनधनको क्षति पु¥याउँछ र पु¥याएको पनि छ । मानिसहरूलाई विपत्तिको अवस्थामा पु¥याउँछ ।

गाउँ नै गाउँले भरिएको हाम्रो नेपालमा अधिकांश जनताहरू कृषि पेशामा आवद्ध रहेका छन् । कृषि पेसा अपनाउने अधिकांश मानिसहरू अहिलेको भूकम्पबाट धेरै प्रभावित भएका छन्, खासगरी जाजरकोट र रूकुमपश्चिममा । उनीहरूका घर मात्रै क्षतिग्रस्त भएका छैनन्, खेतबारी, बगैचा र फर्मसहित त्यहाँ उत्पादित बालीवस्तु समेत नष्ट भएका छन् । उद्यमीहरूको व्यवसाय तथा जीविकोपार्जनमा नकारात्मक असर पारेको अवस्था छ ।

अन्य ठाउको तुलनामा जाजरकोट सदरमुकाम खलङ्गामा धेरै मानिसहरूको मृत्यु भएको छ । यसको कारण कमजार भवन–संरचनाहरू हुन् । साँघुरो र भिरालो ठाउँमा घरहरू बनाइएका छन् । एकातिर कमजोर भूवनोट र अर्कोतिर भूकम्प प्रतिरोधी नबनाएको हुनाले पनि होला धेरै घरहरू भत्किए । अनि धेरै मानिसहरूले ज्यान गुमाएका छन् ।

गाउँतिर बस्तीमा जग्गा–जमिन विकट र पाखो भिरालो भएपनि घर भने अलिक समथर जग्गा हेरेर बनाउने गरिन्छ । यसकारण पनि हुन सक्छ कि बजारतिरका भन्दा गाउँतिरका घरहरू कम भत्केका छन् । यहि कारणमात्र नहुन पनि सक्छ । उपल्लो तलामा मानिसहरू बस्ने र तलको भूइ तलामा गाइबस्तुहरू राख्ने हिसाबले घरहरू बनाएका पनि पाइन्छ । भूकम्पले भत्काए पछि त त्यहाँ पशुहरू पनि हताहतीमा परेको अवस्था छ । त्यस्ता संरचनाहरूमा चेपिएर मरेका पशुहरूको दुर्गन्धले पनि झन् वातावरण प्रदूषित बनाउने सम्भावना रहन्छ नै । साथै कृषकको सम्पत्ति नोक्सान हुने हुनाले त्यो क्षतिपूर्ति हुन धेरै समय लाग्छ । भूकम्पले गरेको क्षतिको केही प्रारम्भिक विवरण जाजरकोटको उदाहरण हेराँै ।
जाजरकोट जिल्लामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जानकारी दिएअनुसार मिति २०८०/०७/१८ गते बेलुका ६.२७ बजेसम्मको क्षतिको विवरण यस्तो छः

 

अति विकट, पहाडी भूगोल र विपन्न गरिब मानिसहरूले अत्यधिक क्षति तथा नोक्सानी बेहोरेका छन् । अनौपचारिक क्षेत्रमा कार्य गर्न न्यून पुँजीको आवश्यकता र जीविकोपार्जनका अन्य विकल्पको अभावमा कृषि तथा अनौपचारिक क्षेत्रका मानिसहरूहरूको बाहुल्यता रहेको छ । भण्डारण गरिएको खाद्यान्नको क्षति, बालीनालीको सम्भावित उत्पादकत्वमा क्षति तथा पशुपन्छीहरू र घरेलु उद्योगहरूमा पुगेको क्षतिका कारण यी व्यवसायमा आश्रित मानिसहरूमा अत्यधिक आय जोखिम हुनेछ । दलित तथा सिमान्तकृत समुदाय र दुर्गम भूभागमा बसोबास गर्ने सामाजिक सेवाबाट पहिलेदेखि नै वञ्चित वर्गले त्यस्तै किसिमको चुनौतिको सामना गर्नु पर्नेछ । घरभित्र भण्डारण गरी राखेको अनाज पनि सुरक्षित तरिकाले बाहिर निकालेर तत्कालै उपभोग गर्न र अर्को ठाउँमा सुरक्षित भण्डारण गर्न पनि धेरै अफ्ठयारो छ । किनकी भुकम्पले हल्लाएको घर जति खेर पनि भत्किन सक्ने डरले मानिसहरूले भित्र राखेको अनाजलाइ बाहिर निकाल्न सक्दैनन् र झन् आफूसँग भएर पनि खान नपाउने अवस्था आएको छ । त्यसैले भत्केका घर संरचनाहरू, जोखिममा रहेका भत्कन तयार भएका र भित्ता जगहरू चर्केका घरभित्र रहेका अनाज खाद्यान्नहरू प्रयोगमा ल्याउन सकिने अवस्था छैन ।

भूकम्पको कारणले जोखिमयुक्त भएका परिवारहरूका लागि सम्पत्तिको नोक्सानीका साथसाथै परिवार संरक्षणसमेत गर्नपर्ने जिम्मेवारी छ भने कृषि पेसालाई नअपनाइ अगाडि जाने अवस्था छैन । कृषकहरूले यो विपदसँग जुझ्न अनिच्छापूर्वक गरिने सम्पत्तिको बिक्री तथा विप्रेषण प्राप्तिका क्रममा विभिन्न तौरतरिका प्रयोगमा ल्याउनु पर्ने भएकाले कृषिको पहिलेको अवस्थामा आउन समय लाग्न सक्ने अवस्था छ ।

भूकम्प प्रभावित किसानहरूको लागि हार्भेष्टरबाट बाली काटने र थ्रेसर मेशिन, अन्न भण्डारण गर्न सुपर ग्रेन ब्याग, गाईवस्तुहरूको स्वास्थ्य परीक्षणका साथै गोबर परीक्षण, जुका र परजीवि विरुद्धका औषधि वितरण, घाँसको बीउ वितरण आदिमा ध्यान दिन जरुरी छ । पशुहरूमा कृत्रिम गर्भाधान, उन्नत पशुपालनसम्बन्धी प्राविधिक सचेतनाका लागि पोष्टर पम्पलेट वितरण तथा पशुपालनसम्बन्धी प्राविधिक सल्लाह पनि उत्तिकै जरुरी बनेको छ । बाली उपचार शिविर र माटो परीक्षण शिविर कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । यो बेलामा कृषि क्षेत्रमा प्रतिकूल असर परेको प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउने, कृषि तथा पशुपन्छी क्षेत्रको लगानीमा नकरात्मक असर पर्न र उत्पादनमा ह्रास आउन नदिन सहयोग कार्यक्रम गर्न तथा बाली–वस्तु विशेष, पशुपन्छी तथा मत्स्यपालनमा उत्पादन कार्यदेखि बजारीकरणको अवस्थासम्म भएको कुनै पनि क्षतिबाट कृषकमा पर्न जाने जोखिम व्यवस्थापन गर्न सहयोग गर्ने र कृषकहरूलाई कृषि पेसाबाट पलायन हुनबाट रोकी कृषि क्षेत्रमा दिगोपना ल्याउनु जरुरी छ ।

कृषकहरूले आफू बस्ने घर, पशुपन्छी पालनका लागि बनाउने संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु पर्छ । प्राकृतिक विपद् भएको खण्डमा पेसालाई टिकाइराख्नका लागि राज्यले पनि विशेष सीप क्षमता र सहयोगको व्यवस्थापन गर्नु पर्छ । कृषि कार्यक्रमहरू र कृषि विकासका लागि गरिने कार्यक्रमहरू स्थानीयरूपमा गाउँ टोलमा नै सञ्चालन गर्नु पर्ने हुन्छ । पालिका केन्द्रित वा जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्नु हुँदैन ।

भूकम्पका कारण उत्पन्न संकटले बाली भिœयाउन कामदार नपाउने र काम गर्ने जोश जागर नहुने अवस्था आउन सक्ने भएकाले कृषकहरूलाई हौसला हुने खालका कार्यक्रमहरू लैजानु जरुरी हुन्छ । खेतबारी जोत्ने र बालीनाली काट्ने तथा चुट्ने खालका अत्याधुनिक मेशिनरी औजार अनुदानमा सर्वसुलभ रूपमा उपलब्ध गराउनु पर्दछ । कृषि तथा पशुपन्छी विकासका कार्यक्रमहरू कृषकहरू समक्ष अब भूकम्प प्रभावितहरूका लागि लक्षित गरी केही समय चल्ने परियोजनाहरू बनाएर जानु पर्छ किनकी नियमित कार्यक्रमहरूले भूकम्प पीडितहरूलाई सम्बोधन नगर्न सक्छ । कृषकहरूलाई हौसला र प्रेरणा प्रदान गर्नु आजको आवश्यकता हो ।

कृषि यान्त्रिकरण, माटोको गुणस्तर परीक्षण, पशु स्वास्थ्य शिविर, खाद्य स्वच्छता जस्ता एकीकृत सेवा एकै थलोमा प्राप्त गर्न अवसर उपलब्ध गराइएकोले यस क्षेत्रका कृषकहरूको सेवा प्राप्त गर्न लाग्ने समय घटाउनु पर्दछ । कृषिमा काम गर्ने निकायहरूको विज्ञता अनुरूपको प्राकृतिक प्रकोपको अवस्थामा राहत परिचालनको मोडालिटीको विकास गरी सोहीअनुसार अगाडि जानु पर्छ । पशुपन्छीहरू राख्ने गोठ वा खोरहरू अलग्गै बनाउनु पर्छ । अबको पुर्ननिर्माणको कार्य गराउँदा मानिसहरूले आफू बस्ने घर र पुशपालनको लागि बनाउने गोठ र खोरहरू व्यवस्थित तरिकाले भूकम्प प्रतिरोधि हुने हिसाबले बनाउनु पर्छ । अबको सहयोग पुर्नस्थापना र राहत एवम् दीगो जीविकोपार्जनका कार्यक्रमहरू गर्दा यो कुराहरूलाई ध्यान दिनु पर्दछ ।

भूकम्पबाट नकरात्मक असर पुगेका कृषक परिवार तथा समूहहरूलाई कृषि क्षेत्रको विकासमा दिगोपना ल्याउन जरुरी हुन्छ । कर्मचारी एवम् कृषक सबैमा विपत्तिपश्चात् तनाव घटाउन स्वयम्सेवाले सहयोग गर्नु जरुरी छ । कृषकहरूलाई विशेष प्याकेजसहितको ज्ञान सीप र क्षमता बढाउन सिकाइमुलक तालिमहरूको अलावा अन्य राहतका प्याकेजहरू ल्याउनु पर्छ । यो प्राकृतिक विपत्तिमा कृषकहरूको घरआगनमा पुगी थलो मै सेवा पु¥याउने र प्राविधिक सुझाव र कार्यान्वयनसमेत प्रदान गरी व्यावसायिक खेतीमा परिणत गर्ने लक्ष्यतिर जानु पर्ने निश्कर्षमा आउँछ ।

 

पदमबहादुर सुवेदी
प्रकाशित मितिः   २१ कार्तिक २०८०, मंगलवार ०५:०४