बेमौसमी वर्षाले धानबालीमा क्षति

 

सुर्खेत: दैलेखमा बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको छ । गत आइतवार राति आएको हावाहुरीसहितको असिना पानीले क्षति पु¥याएको हो ।

ठाटीकाँध गाउँपालिका वडा नं. ४ गैरागाँउका कृषक चन्द्रबहादुर पुनमगरले करिब १५ रोपनीमा लगाएको धानबाली भिœयाउने समयमा नष्ट भएको जनाए । उनका अनुसार आइतवार राति परेको असिनासहितको वर्षाले धानसहित, कोदो, फापर र तरकारीमा नोक्सान पु¥याएको छ । असिनाले धानबाली नष्ट पारेपछि भोकमरीको चिन्ता बढेको पुनमगरले बताए । उनको पुरै बारीमा लगाएको तरकारी, धान, कोदो, फापर असिना पानीले नष्ट पारेको हो ।

अर्का किसान विष्नुप्रसाद रिजालले खेतमा धान पाकेर बाला झुलेको बेला असिनाले नष्ट पारेको बताए । वर्षाको डरले धान नकाटेका रिजालको खेतमा आइतवारको हावाहुरीसहितको वर्षाले क्षति पु¥याएको छ । ‘असिना, वर्षा र हावाहुरीले धान भाँचेको छ’ उनले भने, ‘कोदो, फापर र बन्दा काउलीलगायतको तरकारी खेति नष्ट भएको छ ।’ गत वर्षपनि धानबाली भिœयाउने बेलामा वर्षा भएको थियो । उनी भन्छन्, ‘अझै वर्षा भएमा बाँकी धानबालीमा धेरै क्षति हुन्छ । घर भिœयाउने बेलामा हरेक वर्ष किन वर्षा हुन्छ होला ? के खाने भन्ने चिन्ता बढ्न थाल्यो ।’

सोही वडाकी सुनिता रिजालको धान, कोदो र तरकारी बाली सबै नष्ट पारेको छ । असिना पानीसहितको हावाहुरीले सबै बाली नष्ट भएको रिजालले बताइन् । वर्षभरी खान पुग्ने अन्नबाली एकैछिनको असिनाले नष्ट बनाएको भन्दै उनले खानकै लागि चिन्ता बढेको बताइन् । धान, कोदो र फापर ढलेर सोत्तर बनेको रिजालको भनाइ छ ।

मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको हो । आइतवार र सोमवारको वर्षा तथा हावाहुरीले गाउँपालिकाको वडा नं. ४ र ५ मा बढी क्षति पुगेको ठाटीकाँध गाउँपालिकाले जनाएको छ । हावाहुरीले धानबालीमा पु¥याएको क्षतिबारे विवरण संकलन भइरहेको अध्यक्ष रक्षबहादुर शाहले बताए । बढी क्षति भएका ४ र ५ वडाबाट धानबालीमा पुगेको असरका बारेमा विवरण संकलनको काम भइरहेको उनको भनाइ छ । ‘हामी पनि अनुगमनमा पुगेका थियाँै’ शाहले भने, ‘धान धेरैजसो ढलेको छ, बाक्लो असिना परेका कारण धान बालीमा क्षति पुगेको छ ।’ क्षतिको विवरण हेरेर क्षतिपूर्तिका लागि पहल गरिने अध्यक्ष शाहले बताए ।

यस्तै दैलेखको नौमूले गाउँपालिकामा पनि गत आइतवार परेको हावाहुरीसहितको असिना पानीले क्षति पुगेको जनाइएको छ । गाउँपालिकाका अध्यक्ष छबिराम सुवेदीले वडा नं. ४, ६, ७, ८ वडामा लगाएको धानबालीमा क्षति पुगेको बताए । उनका अनुसार अहिले वडाबाट क्षतिको विवरण संकलन भइरहेको छ । जिल्लाका ठाटीकाँध र नौमुले गाउँपालिका, आठबिस र चामुण्डाबिन्द्रासैनी नगरपालिका लगायतका क्षेत्रमा करोडौंको धानबालीमा क्षति पु¥याएको छ ।

 

प्रकाशित मितिः   २ कार्तिक २०८०, बिहीबार १९:५१