कालुञ्चोकमा जनहितकारीको सेवा केन्द्र विस्तार

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको वीरेन्द्रनगरको कालुञ्चोकमा सेवा केन्द्र विस्तार गरेको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले आइतवार सेवा केन्द्रको उद्घाटन गरेकी हुन् ।

ढकालले समाजमा छरिएर रहेको पुँजीलाई संकलन गरी एकीकृत सेवा प्रदान गर्ने कार्यको प्रशंसा गरिने । सहकारीको बलियो आधार भनेको पारदर्शीता र उत्तरदायित्व भएको बताउँदै उनले सहकारीहरू सोहीआधारमा अघि बढ्नुपर्नेमा जोड दिइन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नंं. ८ का अध्यक्ष टिकाराम शर्माले शाखा विस्तारसँगै आफ्ना गतिविधिहरूलाई अझै प्रभावकारी ढंगले विस्तार गर्नका लागि आग्रह गरे । सहकारीका अध्यक्ष हरिहरनाथ योगीले सहकारीको कार्यक्षेत्र वीरेन्द्रनगर नगरपालिका भएकाले वीरेन्द्रनगरभित्र रहेका सबै सदस्यहरूलाई सहयोग पुग्ने हिसाबले कार्यक्षेत्र विस्तार गरिएको जानकारी दिए ।

करिब १० हजार सदस्यलाई सेवा प्रवाह गरिरहेको सहकारीले हाल एटिएम सेवा, क्युआर कोडको सेवालगायतका सेवाहरू विस्तार गरिरहेको जनाएको छ ।

प्रकाशित मितिः   २९ आश्विन २०८०, सोमबार ०५:०५