शिक्षण अस्पताल बनाउन लगानीको खोजी

 

सुर्खेत: शिक्षण अस्पताल निर्माणका लागि बाह्य लगानी जुटाउन आवश्यक छलफल र पहल थालिएको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि लगानी जुटाउन पहल भइरहेको हो ।

 

चार वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शैøयाको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अन्योलमा थियो । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य लगानी जुटाएर भएपनि अस्पताल निर्माणको काम थालनि गर्ने जनाएको छ ।

 

लगानी सुनिश्चितता नहुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन । बाह्य लगानी भिœयाउन चीन र भारत सरकारसँग पहल थालिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । संघीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको अस्पताल निर्माणको योजना कार्यान्वयनका लागि लगानीको खोजीका लागि पहल थालिएको हो । विभिन्न चरणमा चीन र भारत सरकारसँग आवश्यक छलफल भइरहेको रावलले जनाए । संघीय सरकारले प्राथमिकता नदिँदा अस्पताल निर्माणको काम अघि बढ्न नसकेको उनको भनाइ छ । अस्पताल निर्माणका लागि चीन सरकार सकारात्मक देखिएको डा. रावलले बताए । ‘राकम कर्णालीमा अस्पताल निर्माण गर्न चीन सरकारले चासो देखाएको छ । सोही अनुसार कागजी प्रमाण जुटाउन हामी लागि परेका छौँ’ उपकुलपति रावलले भने ।

 

डिपीआर संशोधन गरिने

 

एक सय शैड्ढयाको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिने भएको छ । ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बनाउनुपर्ने भएकाले डिपीआर संशोधन गर्न लागिएको हो । यसअघि बनेको डिपीआर अस्पतालको भवन निर्माणका लागि मात्र तयार पारिएको थियो । उक्त डिपीआरमा भवन निर्माणका लागि ९० करोडको लागत अनुमान छ । नयाँ निर्माण गरिने डिपीआरमा अस्पतालका लागि निर्माण गरिने सम्पूर्ण संरचनाको लागत अनुमान हुने जनाइएको छ ।

उपकुलपति डा. रावलका अनुसार अस्पताल निर्माणका लागि बाह्य लगानी जुटाउन पहल थालिएकाले पनि डिपीआर संशोधन गर्न लागिएको हो । नयाँ डिपीआर अनुसार नयाँ लागत, थप संरचनाको समेत टुँगो लाग्नेछ ।

 

 

संघीय सरकारको उपेक्षा

 

संघीय सरकारको नीति तथा कार्यक्रममा अस्पताल निर्माणको योजना समेटिएको भएपनि बजेट विनियोजन भएन । चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षण अस्पताल निर्माणको योजना समेटेको संघीय सरकारले बजेट भने विनियोजन गरेको छैन । संघीय सरकारले स्पष्ट बजेट नतोकीदिँदा अस्पताल निर्माणको काम अघि नबढेको हो ।

चार वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शैड्ढयाको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अन्योलमा थियो । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य लगानी जुटाएर भएपनि अस्पताल निर्माणको काम थालनी गर्ने जनाएको छ । पटक–पटक संघ र प्रदेश सरकारसँग यस अस्पताल निर्माणका विषयमा छलफल गरेपनि सरकारले सुनुवाई नगरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति रावल अस्पताल निर्माणका लागि विभिन्न क्षेत्रसँग आवश्यक छलफल र पहलमा जुटिरहेको बताउँछन् । उनले भने, ‘अस्पताल निर्माणका लागि जग्गा प्राप्ति, अस्पताल सञ्चालनका लागि जनशक्ति पर्याप्त रहेको छ । अहिले लगानीको खोजी भइरहेको छ । डिपीआर संशोधन गरेर अस्पताल निर्माण योजनालाई अघि बढाउँदै छौँ ।’ अस्पताल निर्माणका लागि आठबिस नगरपालिका वडा नं. ३ जाक्सीमा ४० रोपनी जग्गा प्रतिष्ठानको नाममा पाससमेत गरिसकिएको छ ।

प्रकाशित मितिः   २७ आश्विन २०८०, शनिबार ०५:०५