फरार मोटरसाइकल चालक पक्राउ
सुर्खेत: शनिवार सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिक बालकलाई ठक्कर दिएको मोटरसाइकल र चालक नियन्त्रणमा लिइएको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ वर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकलको ठक्करबाट शनिवार आठविस नगरपालिका–६ खिड्कीज्युलका पाँच वर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो । यरिचोक नजिक उक्त मोटरसाइकलले मामाको घरबाट फुपूको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका चालक र मोटरसाइकललाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो । बालकका आफन्तहरूले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए । उनीहरूले कर्णाली राजमार्गको दैलेख खण्डमामा पनि सडक अवरुद्ध गरेका थिए ।
प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार ०५:०२
साझा बिसौनी ।