व्यापार विशेष इलाकामा शाही

साझा बिसौनी संवाददाता
सुर्खेत, १ फागुन । 
नेकपा एमाले व्यापार विशेष इलाका कमिटी सुर्खेतको अध्यक्षमा पुनः विष्णुबहादुर शाही चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनले शाहीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा चिन्तामणि शर्मा, सचिवमा कलाधर शर्मा र उपसचिवमा पञ्चरत्न शर्मा चयन भएका छन् । यस्तै, सदस्यहरूमा शिवराज अधिकारी, हिमा उपाध्याय, प्रकाशचन्द्र थापा, उमालाल चपाईं, दिनेश ढकाल, हेमराज अधिकारी, इन्द्रबहादुर खड्का, मोतीप्रसाद खरेल, युवराज गौतम, दयाराम अधिकारी र अर्मला राना, सशीराज अधिकारी रहेका छन् ।
साधारणसभाको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेलले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महŒवपूर्ण हुने भन्दै त्यसतर्फ केन्द्रित हुन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे । उनले मुलुकको अर्थतन्त्रको प्रमुख एक खम्बाको रूपमा निजी क्षेत्र पनि रहेकाले अब औद्योगिक विकासमा जोड दिनुपर्ने औंल्याए । नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले औद्योगिक विकास विना मुलुकको समृद्धि सम्भव नहुने भन्दै ठूला उद्योगमा लगानी बढाउनुपर्नेमा जोड दिए । विशेष इलाका कमिटीका अध्यक्ष विष्णुबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतका शुभकामना मन्तव्य राखेका थिए । यसैबीच राष्ट्रिय वाणिज्य संघ, सुर्खेतको दोस्रो वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ ।