महिला साना किसान सहकारीको साधारणसभा
सुर्खेत: महिला साना किसान कृषि सहकारी लिमिटेड बराहताल–५ कुनाथरीको नयाँ नेतृत्व चयन गरिएको छ । बिहीवार भएको १३औँ वार्षिक साधारणसभाले निर्मला दर्लामीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रेम सिँजाली मगर चयन भएकी छिन् भने सदस्यहरूमा गोमा सारु मगर, खगिसरा अधिकारी, सिता शाही, ललिता खड्का क्षेत्री, अमृता पौडेल, खगिसरा पुलामी, भविसरा पौडेल, भविसरा रासकोटी र बासुकला रावत रहेका छन् । यस्तै लेखा समितिको संयोजकमा भावना मल्ल हमाल तथा सदस्यहरूमा खिमा सिजापति र हिमा पुलामी चयन भएका हुन् ।
सहकारीले आर्थिक वर्ष २०७९/०८० मा १६ करोड १५ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार गरेको छ भने आर्थिक वर्ष २०८०/०८१ का लागि २३ करोड ८५ लाख ८५ हजार बराबरकोे प्रस्ताव गरिएको छ । सभामा निवर्तमान अध्यक्ष खगिसरा अधिकारीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन पेस गरेकी थिइन् ।
अधिकारीकै अध्यक्षतामा भएको साधारणसभा तथा स्थापना दिवसमा प्रमुख अतिथि बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मी पुनमगरसहित नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा समिति सदस्य चिरञ्जीवी केसी, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक हरिप्रसाद न्यौपाने, साना किसान कृषि सहकारी संस्था उत्तरगंगाका मुख्य प्रबन्धक चित्रप्रसाद रेग्मी, साना किसान सहकारी संस्था लाटिकोइटीका अध्यक्ष शान्ति सिंहलगायतको सहभागिता रहेको संस्थाका प्रबन्धक दिलिपकुमार सारुले जानकारी दिए ।
प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार ०५:०२
साझा बिसौनी ।