आधारभूत अस्पताल निर्माण कार्यमा ढिलाइ
सुर्खेत: १७ मंसिर २०७७ मा सरकारले देशभरी तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणको सुरुवात गरेको थियो । कर्णाली प्रदेशमा ४२ वटा पालिका छनोट भएका थिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी आधारभूत अस्पतालको निर्माण थालिए पनि उक्त योजना कार्यान्वय हुन सकेको छैन । कर्णालीका अधिकांश ठाउँमा भवन बन्न सकेका छैनन् । निर्माण सुरु भएकाको पनि प्रगति कछुवा गतिमा छ । भवन नबन्दा स्वास्थ्यचौकीको स्तरोन्नतिसमेत हुन सकेको छैन ।
दैलेखको नौमूले गाउँपालिकाको नौमूले प्राथमिक स्वाथ्य केन्द्रलाई अस्पतालको रूपमा स्तरोन्नति गर्नका लागि भवन निर्माण भइरहेको छ । सरकारले देशभरी १५ शैड्ढयाको अस्पताल बनाउने नीति अनुरूप भवन निर्माणको काम भइरहेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृति पाएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा निर्माणको काम सुरु गरिएको हो । तर प्रगति भने शून्य जस्तै छ । जग्गा विवादले भवन निर्माणको काममा ढिलाइ भएको गाउँपालिकाका इन्जिनियर बैधनाथप्रसाद यादवले जानकारी दिए । उनका अनुसार अस्पतालको डिभिसी, पिल्लरसम्मको मात्र काम भएको छ । भौगोलिक विकता र जग्गा विवादका कारण अस्पतालको भवन निर्माणमा बाँधा पुगेको यादवले बताए ।
अस्पतालको भवन निर्माणको अवधि २०८० कार्तिकमा सकिदैछ । तर काम भने भरखर सुरु भएको छ । नौमूलेमा निर्माण भइरहेको १५ शैड्ढयाको अस्पताल बनेपछि गाउँठाउँबाटै जटिल रोगको उपचार नागरिकले पाउने आशा गरिएको थियो । तर निर्माण कार्यमा भएको ढिलाइले स्थानीयमा नैराश्यता छाएको छ । गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले नौ करोड ९० लाखमा ठेक्का सम्झौता भइ काम अघि बढेको जनाए ।
यस्तै दैलेखकै आठबिस नगरपालिकाको राकमकर्णाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शैड्ढयाको अस्पताल बनाइदै छ । अस्पताल निर्माणको काम २०७८ मंसिरमा सुरु भएको हो । हालसम्म भवन निर्माण सम्पन्न भएको छैन । दश करोड ७८ लाख बजेटमा थालिएको भवन निर्माणको ८० प्रतिशत सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी शेरबहादुर सिजापतिले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा काम सक्नेगरी तयारी थालिएको छ । अहिले अस्पताल निर्माणको काम तीव्रगतिमा भइरहेकाले यो आर्थिक वर्षमा नै भवन निर्माणको काम सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।
ठाटीकाँध गाउँपालिकाको लकान्द्र प्राथमिक स्वाथ्य केन्द्रलाई पनि अस्पतालको रूपमा स्तरोन्नति गरिँदैछ । आर्थिक वर्ष २०७७/०७८ मा अस्पतालको भवन निर्माणको काम सुरु गरिएको हो । पुनः म्याद थप गरेर अस्पतालको भवन निर्माणको काम भइरहेको छ । २०८० असारमा सम्झौताको म्याद सकिएको थियो । आउँदो असारसम्म भवन निर्माणका लागि म्याद थप गरिएको छ । हालसम्म अस्पताल भवन निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । आधारभूत अस्पताल निर्माणको कामले गति लिन सकेको छैन । गाउँपालिकाका सव–इन्जिनियर लबबहादुर सिजापतिले म्याद थप गरेर अस्पतालको भवन निर्माणको काम भइरहेको बताए । उनका अनुसार एक वर्ष म्याद थप भएको छ । काम गतिमा भए सम्पन्न हुनेदेखिन्छ ।
नागरिकलाई चिकित्सक सहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पतालको योजना अघि सारेको थियो । तर पूर्वाधार निर्माणमा भएको ढिलाइले सरकारको लक्ष्य पुरा हुन सकेको छैन । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने भवन निर्माणको काम कतिपय पालिकाले सुरुसमेत गरेका छैनन् । उक्त योजना अन्तरगत जिल्लाका स्थानीय तहमा कम्तिमा पाँचदेखि १५ वेडसम्मको अस्पताल निर्माण हुनुपर्ने हो । कर्णालीका केही पालिकामा अस्पताल भवन निर्माण कार्य जारी भएपनि केहीले जग्गा प्राप्ति गरेर मात्र राखेका छन् । निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले स्थानीय तहमा १५ शैड्ढयाको अस्पताल निर्माणको योजना बनाएको हो । आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाइ नागरिकको पहुँच स्थापित गर्ने सरकारको लक्ष्य रहेको छ ।
प्रकाशित मितिः ७ आश्विन २०८०, आईतवार ०५:०५
रजनी याेगी ।