जनशक्ति व्यवस्थापन गर

कर्णाली प्रदेशमा एकीकृत कृषि प्रयोगशाला छ । जसले बीउबीजन परीक्षण प्रयोगशाला, माटो परीक्षण प्रयोगशाला र बाली संरक्षण प्रयोगशाला सञ्चालन गरिरहेको छ । कृषिमा निर्भर प्रदेशमा यो प्रयोगशालाको महङ्खव उच्च हुन्छ । तर कर्णालीमा भने कार्यालय नै बेवास्ताको सिकार भएको छ । कार्यालयले जनशक्तिको अभाव झेलिरहेको छ । प्रयोगशालाको सेवा क्षेत्र विस्तार भए तापनि जनशक्ति पर्याप्त छैन । जनशक्ति अभाव हुँदा दैनिक कार्यसम्पादनमा समेत समस्या हुने गरेको छ ।

कर्णाली प्रदेशमा रहेको एकमात्र प्रयोगशालाका पाँच वटा शाखाहरू छन् । कार्यालयले तीन वटा प्रयोगशाला एकै स्थानबाट सञ्चालन गरिरहेको छ । कार्यालयलाई कपुरकोट र हर्रेमा विषादी परीक्षण प्रयोगशाला हेर्ने जिम्मेवारी रहेको छ । पछिल्लो समय कार्यालयमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । पर्याप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ । तीन वटा प्रयोगशाला सञ्चालनका लागि जनशक्ति पर्याप्त छैन । भएका कर्मचारी बिदामा र सरुवा भएर जादा थप समस्या भएको छ । कार्यालय सञ्चालनका लागि दरबन्दी नै अपुग रहेको र कायम गरिएको दरबन्दीसमेत रिक्त हुँदा समस्या भइरहेको छ । पाँच वटा शाखा सञ्चालनका लागि कायम गरिएको दरबन्दी अपुग हुने कार्यालयले जनाएको छ । कार्यालयमा स्वीकृत दरबन्दी १८ जनाको हो । हाल स्थायी कार्यरत १३ जना रहेका छन् । पाँच वटा दरबन्दी रिक्त छन् । १३ जना स्थायी कार्यरत कर्मचारीमध्ये प्राविधिक कर्मचारी सात जना रहेका छन् । प्रयोगशालामा प्राविधिक कर्मचारी अभाव रहेको छ । एकीकृत कृषि प्रयोगशालाले कार्यालयबाटै तीन वटा प्रयोगशाला सञ्चालन गरिरहेको छ भने सल्यानको कपुरकोट र पूर्वी सुर्खेतको हर्रेबाट विषादी परीक्षण प्रयोगशाला पनि एकीकृत कृषि प्रयोगशाला मातहतमा रहेका छन् । १८ दरबन्दी कायम गरेर पाँच वटा भिन्न–भिन्न शाखा हेर्ने जिम्वेवारी प्रयोगशालालाई दिइएको छ । परीक्षण प्रयोगशालामा प्राविधिक जनशक्ति नहुँदा ल्याब सेवा प्रभावकारी हुन सकेको छैन ।

प्रदेश सरकारले सल्यानको कपुरकोट र पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको हर्रेबाट विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने जनाएको छ । तर अहिलेसम्म विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएका छैनन् । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ मा कार्यालय स्थापना भएपनि विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन । कार्यालय स्थापना भएको दुई वर्ष बितिसक्दा पनि प्रयोगशाला सञ्चालन हुन नसकेको हो । प्रदेशको एकीकृत प्रयोगशालाबाट दुई जना कर्मचारी परिचालन गरेर कार्यालयका अन्य काम सञ्चालन भइरहेपनि विषादी परीक्षण प्रयोगशाला सञ्चालन भएको छैन । उपकरण उपलब्ध नभएकाले विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा नआएको हो । यति महङ्खवपूर्ण कार्यालय नै जनशक्ति र उपकरणविहीन हुने अवस्था विडम्बनापूर्ण छ ।

प्रकाशित मितिः   ५ आश्विन २०८०, शुक्रबार ०५:०३