रनिङ्ग शिल्ड सरस्वती माविलाई

साझा बिसौनी संवाददाता
दैलेख, २ फागुन । 
आठौं राष्ट्रपति रनिङ्ग शिल्ड सरस्वती माध्यमिक विद्यालय डाँडापराजुलले जितेको छ । आइतवार सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा ३८ वटा विद्यालयलाई पछि पार्दै सरस्वतीले रनिङ्ग शिल्ड हात पारेको हो ।
प्रतियोगितामा त्रिभुवन नमुना उच्च मावि दैलेखबजार द्वितीय, महेन्द्रदयदेव मावि छिउडीपुसाकोट तृतीय र अरनिको उच्च मावि चौराठाले सान्त्वना स्थान हात पारेका छन् । क्षेत्रीय प्रतियोगिताबाट छनौट भएका ३९ विद्यालयले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाएका थिए । माघ २९ गतेदेखि सुरु भएको प्रतियोगिता आइतवार सम्पन्न भएको हो । समापन कार्यक्रम जिल्ला खेलकुद विकास समिति दैलेखका अध्यक्ष तीर्थनारायण श्रेष्ठको सभापतित्व, प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको प्रमुख आतिथ्यता र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य अर्जुनजंग शाहीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । 
प्रकाशित मितिः   ३ फाल्गुन २०७२, सोमबार १०:१६