प्रश्रव फिस्टुला शिविर सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, २ फागुन । 
आठौं प्रश्रव फिस्टुला शिविर आइतवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । आईएनएफ नेपाल, सुर्खेत क्लिनिकल क्लस्टर र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संयुक्त रूपमा आयोजना गरेको शिविर फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।
मध्यपञ्चिमाञ्ल क्षेत्रीय अस्पताल प्राङ्गणमा सञ्चालन गरिएको शिविरको आइतवार अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलको  अध्यक्षता तथा  क्षेत्रीय अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. डम्बर खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । आईएनएफ नेपाल, सुर्खेत क्लिनिकल क्लस्टरको सहयोग र आयोजनामा हुन लागेको यो शिविरले गरीब, पिछडिएका प्रश्रव फिस्टुलाबाट प्रभावित महिलाहरूले निःशुल्क उपचार तथा सेवा पाउने बताए । शिविरमा देशका विभिन्न भू–भागबाट फिस्टुला सम्बन्धी समस्या भएका महिलाहरूले निःशुल्क सेवा लिन सक्नेछन् । 
प्रकाशित मितिः   ३ फाल्गुन २०७२, सोमबार १०:१७