फेन्सी व्यवसायी समितिमा पाण्डे

साझा बिसौनी संवाददाता
सुर्खेत, २ फागुन । 
सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गतको रेडिमेट तथा फेन्सी व्यवसायी समिति सुर्खेको अध्यक्षमा प्रेमप्रसाद पाण्डे चयन भएका छन् । समितिको आइतवार सम्पन्न तेस्रो साधारणसभाले पाण्डेको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा राजु पाण्डे, उपाध्यक्षमा हरि श्रेष्ठ, र रमेशकुमार पाण्डे, सचिवमा चेतन पुरी, सहसचिवमा टीआर सापकोटा र कोषाध्यक्षमा अनिल गुरुङ्ग चयन भएका छन् । यस्तै सदस्यहरूमा पदम खनाल, प्रेम श्रेष्ठ, अर्जुन पाण्डे, विनोद आचार्य, खडक बिसी र सुशीला राणा थापा चयन भएको उपाध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिए ।