विवशता
अबेरसम्म निद्रा लागेन । राति अन्तिमपटक मोबाइल खोलेर हेर्दा एक बजिसकेको थियो । त्यसपछि पनि निकै बेर मनमा कुरा खेलिरह्यो । पछि निदाउ“दा कति बजेको हुँदो हो ठ्याक्कै अनुमान पनि गर्न सक्दिनँ । ब्युझिँदा बिहानको सात बजेको थियो । आँखा बिजाइरहेका थिए । जिउ भारी थियो । बाहिर हिजो बेलुकैदेखि परेको पानी अझै“ परिरहेको थियो । एकोहोरो सुसाहट मात्र सुनिइरहेको थियो । वर्षात्को मौसम हो, पानी नपरोस् पनि किन ? यही पानीले सधै“ मलाई १५ वर्ष अगाडि पुर्याइदिन्छ ।
भर्खर उठेर शरीर तन्काउ“दै थिए“ । ढोकामा ढक ढक आवाज आयो । स“गै बोली पनि ‘आमा !’
छोरो आइपुगेछ । हिजो पढाइको तयारी गर्नु छ भनेर साथीको घरमा गएको छोरो भिज्दै आइपुगेको थियो । ढोका खोले“ । ऊभित्र छि¥यो । मलाई हेर्दै भन्यो, ‘किन आमा निद्रा परेन कि, आँखा त राता पो छन् त ? बिसञ्चो त भएन ? तपाईं यतिबेलासम्म सुत्ने मानिस त होइन ।’
‘होइन, केही भएको छैन’ सामान्य टार्ने हिसाबले भने“ । छोरालाई त्यत्तिकै कुरा टारेकोमा भने मन अमिलो भएर आयो ।
यति कुरापछि छोरो आफ्नो कोठामा गयो । मैले आफ्नो नित्यकर्म सके“ । नास्ता बनाएँ । छोरालाई दिए“ र आफूले पनि खाए“ । आज बिदाको दिन खाना बनाउन केही हतार थिएन । शरीरमा उस्तो जा“गर पनि थिएन । छोरो सायदभित्र पढ्दै थियो । खाटमा पल्टिएको म यत्तिकै टोलाउन पुगेँ । आ“खा कोठाको कुनामा माकुराको जालोमा प¥यो । कति छिटो जाल बनाइसकेछ । जसमा एउटा साङ्लो नाचिरहेको थियो । जालमा परेको साङ्लाको पीडा देखेर मुटुमा कसैले प्याट्ट हिर्काएजस्तो लाग्यो ।
छोराले कथा भन्न भनेको धेरै दिन भइसक्यो । स्कुलको परियोजना कार्यका लागि चाहिएको छ भन्थ्यो । मस“ग मेरै जीवनको कथाभन्दा ठूलो कथा केही थिएन । त्यसका अगाडि सबै सुनेका कथा निकै फिका लाग्थे । छोरालाई उसको बाबुका बारेमा पनि बताउनु थियो । आज आफ्नै कथा सुनाउनुपर्छ । मेरो दुःखको कथा उसको परीक्षाको अङ्कमा परिवर्तन भएर आयो भने त्यो उपलब्धि हुनेछ भन्ने सोचे“ । छोरालाई बोलाए“ । ऊ बोलाउनसाथ आइपुग्यो । मैले कथा सुनाउने प्रस्ताव राखे“ । ऊ निकै खुसी भयो । मैले कथा बताउन सुरु गरे“ । विगत फेरि आ“खाको अगाडि नाच्न थाल्यो र शब्द बनेर झर्न थाल्यो ।
कुनै गाउ“मा सरला नाम गरेकी केटी थिइ । गाउँको एउटा कुना, नजिकै बग्ने खोलाको सुसाहट र चराको चिरबिर सुन्दै ऊ हुर्किइ । उसको हुर्काइमा तिनले सायद प्राण भरेका थिए । ऊ यौवनमा प्रवेश गर्दै गर्दा सायद यही ग्रामीण प्रकृतिले भरिदिएको चञ्चलता उसका नसाहरूमा दौडिरहेको थियो । गाउ“को विद्यालयमा पढाइ हुने जत्ति आठ कक्षासम्म मात्र उसले पढी । यसभन्दा अगाडि बन्द । आमाबुबा उसलाई बाहिर पढाउन तयार नै भएनन् । उसले पनि कुनै जिद्धी गरिन । उसलाई आफ्नो जन्मस्थानस“ग खेल्ने रहर सायद अझै“ पूरा भएको थिएन ।
२० बर्से संघारमा पुग्नुभन्दा दुई महिना अगाडिको कुरा हो । सरलाको विवाहको कुरा चल्यो । केटो अर्को गाउ“को हो भन्ने कुराको जानकारी पनि उसकी आमाले नै दिइन् । आमाले यो पनि बताइन्, ‘बुवाले विवाह पनि पक्का गरिसके । बचन दिइसके । केटाले त“लाई पहिला नै देखेर मन पराइसकेको रे । परिवारको अवस्था राम्रो हुनेखाने नै छ रे । केटो विदेशतिर पनि जान लागेको छ रे ।’ रे रे लगाएर आमाले धेरै कुरा सनाइन् । सायद त्यो उसकी आमाको फकाउने काइदा थियो ।
आमाको कुराले उसमा कुतुहलताको बाढी नै चलेको थियो । उसको चञ्चलता एकाएक गायब भएर मौनता र गम्भीरताको रूप धारण गर्न पुग्यो । ऊ भित्रै भित्रै केही दुखी पनि भइ । त्यही पीडाको बिचबाट स्वाभाविक जवानीको भोकले पनि चियाइरहेको थियो । जसमा खुसीका बाछिटाहरूले मनलाई ओसिलो बनाउँदै लगेका थिए । एक दिन विवाह त गर्नैपर्छ मनमा यो भावना उसमा बुझ्ने भएदेखि नै आएको हो । आमाको कुरामा गुनासो मिश्रित अहिले विवाह गर्दिनँ भन्ने भाव देखाए पनि नाइनास्ती गर्ने हिम्मत उसको अन्तरले नै दिएको थिएन । उसको मौन स्वीकृति उसकी चलाख आमालाई बुझ्न कुनै गाह्रो कुरा थिएन । उनले भनिन्, ‘एक दिन विवाह गर्ने नै हो, केटीको जातले सधै“ माइतमा बसेर कहा“ पुग्छ र ? केटा ठीक छ किन नाइँ भन्ने त ?’
‘तपाईंले केटो देख्नुभयो ?’ उसले आमालाई सोधी ।
आमा अकमकाइन् । उसले फेरि त्यही प्रश्न दोहो¥याई । आमाले प्रतिउत्तरमा भनिन्, ‘मैले र तै“ले नदेखेर के भो त ? तेरा बाले देखेकै छन् । बाले कहिल्यै गलत केटा हेर्लान् त ? मैले पनि त तेरो बालाई विवाहकै दिन देखेको हो’ उनले फेरि थपिन्, ‘चिना पनि साह्रै मिलेको छ रे ।’
आमाले यति भनेपछि उसले अब कुनै सवाल गरिन । ऊभित्र विवाहको विषयलाई लिएर दुःखका साथै खुसीले पनि चियाउन लागेको थियो । विवाहको दिन टुँगो लाग्यो । विवाह हुने कुरा पक्का भएपछि उसका साथीहरू जसले केटालाई देखेका थिए, उनीहरूले केटाका बारेमा कुरा पनि सुनाउ“दै गएका थिए । जुन कुराहरूलाई उसले लजाउ“दै ज्यादै मीठो मानेर पनि सुन्ने गर्दथी । विवाहको दिन आयो । उसले पहिलोपल्ट दुलाहदेखि । स्वयम्वर भयो । विवाहका अन्य कर्म हु“दै गए । बिदाइको क्षण आयो आमाबाबु र उसले आँसु साटासाट पनि गरे । केही क्षणमा जन्ती हिँड्यो । त्यही दिन बेलुका दुलाहको घरमा पनि विवाहको कर्म सकियो । अर्को दिन बिहान उठ्दा ऊ छोरीबाट बुहारीमा परिवर्तन भइसकेकी थिइ । उसलाई लाग्यो परिवर्तन कति छिटो भइरहेछ । रूप उही मन उही तर जीवनको बाटो फरक, हि“ड्ने यात्रीहरू पनि फरक । जुन बाटो उसले एक न एक दिन रोज्नै पथ्र्यो रोजी । यही बाटोमा निकै टाढाको यात्रा गर्ने चाहना उसको मनमा अङ्कुरित पनि भएको थियो ।
विवाहपछि उसको एक बुहारीका कर्महरू सुरु भए । बुहारीले गर्नुपर्ने कर्म उसकी आमाले उसलाई आफ्नो उदाहरण दि“दै हजार पटक जति सम्झाएकी थिइन् होला । उसले आमाका कुरा कसरी बिर्सन सक्थी र ? दिनहरू सामान्य गतिले अगाडि बढ्दै गए । घरमा गर्नुपर्ने कर्तव्यमा उसबाट सकेसम्म कुनै गल्ती हुँदैनथ्यो । सबै राम्रै हु“दै गइरहेको थियो । श्रीमान्प्रतिको प्रेम उसमा पलाउ“दै गएको थियो । उसलाई लाग्थ्यो जीवनमा खुसीले नया“ रङ्ग लिएर प्रवेश गरेको छ । विवाह गरेको वर्ष बित्यो ।
एकदिन उसको श्रीमान्को विदेशको भिसा आइपुग्यो । उसले विदेश जान तयार श्रीमान्लाई नजान धेरै अनुनय नगरेकी होइन । उसको केही लागेन । अन्ततः त्यसको सात दिनपछि नै ऊ घरबाट हि“ड्यो । घरबाट निस्क“दै गर्दा निकै टाढासम्म उसले हेरेकी पनि हो । कतै माया पलाएर उसको पति फर्किएर पो आइहाल्छ कि । म तिमीलाई छाडेर जा“दिन“ भनेर अ“गालो मार्न आइपुग्छ कि ? ऊ फर्किएन । सरलाले पनि आशा मारी । श्रीमान् विदेश गयो । उसका दिन पहिलेका जस्ता रहेनन् । ऊप्रति गिद्धे नजर राख्नेहरू पनि बढ्दै गए । ६ महिना जसोतसो त्यही“ बिताई । घरमा उसको मन मर्दै जान थाल्यो । परिवारमा पनि उसलाई पहिलाको जस्तो व्यवहार हुन छाड्यो । खै कसले कुरा लगाएर हो श्रीमान्ले पनि फोन गर्न छाड्यो । उसलाई निकै सकस हुन थाल्यो । एक दिन एउटा झोलामा दुईचार जोर कपडा हालेर ऊ माइततिर हि“डी ।
घरबाट माइतमा गएको एक÷दुई दिन ठिकै थियो । त्यसपछि उसलाई आमाबुबाले पनि घरमा जानका लागि जोड दिन थाले । ऊ फेरि फर्केर जानका लागि आएकी थिइन । समय बित्दै गयो । महिना दिन भयो । आफ्नै आमाबुबाको बेवास्ता बढ्दै गयो । अब उसलाई आफ्नै जन्मघरमा बोझ भएको जस्तो लाग्न थाल्यो ।
एकदिन बिहान साउनको १५ गते थियो । त्यो दिन ऊ निकै ढिला ७ बजेतिर उठी । उठेर बाहिर निस्की । घरमा कसैका आवाज सुनिँदैनथ्यो । गोठबाट गाईबाख्राको आवाज आइरहेको थियो । पानी परिरहेको थियो । खोला एकनासले सुसाइरहेको थियो । उसको मनबाट पनि सुस्केरा निस्किरहेको थियो । अचानक उसको मनले भन्यो अब बोझ बनेर बस्दिनँ । उसले घरबाट निस्क“दा बोकेको कपडाको पोको हातमा लिई । एउटा पुरानो दलानमा घसारिएको छाता खोली, ओढी र बाहिर निस्की अनि एउटा गहिरो दृष्टि घरलाई दि“दै आ“सु झार्दै त्यहा“बाट निस्की । झन्डै तीन घण्टा हिँडेपछि एउटा सडक आइपुग्यो । उसले बस रोकी । बस रोकियो । ऊ चढी । कहा“ जा“दै थिइ, कहिल्यै नहि“डेको बाटो, उसलाई केही थाहा थिएन । बस ओह्रालोमा गुड्दै गयो । उसको मनमा पनि एकपछि अर्को भावनाहरू अश्रुमिश्रित भएर गुडिरहे ।
बेलुका ६ बजेको थियो । बस सहरको बिच भागमा गएर रोकियो । सबै यात्रु झरे । ऊ त्यसमै बसिरही । एकछिन पछि कन्डक्टरले झर्न अनुरोध ग¥यो । ऊ झरी । अब कहा“ जाने उसको कुनै गन्तव्य थिएन । सा“झ पर्दै थियो, सडकका बत्ती फाट्टफुट्ट बल्दै थिए । उसको मनको बत्ती भने निभेको थियो । उसकी फुपू छिन् सहरमा सुनेकी थिइ । कहा“ छिन् थाहा थिएन । एकदुई मानिसलाई नसोधेकी पनि होइन । तर कसले चिन्ने ? उसलाई फुपूको नामसमेत याद थिएन । उसले त्यो रात सहरकै फराकिला र उज्याला सडकमा अचम्म मान्दै हिँडेर बिताई । रात निकै लामो भयो । जति लामो भएपनि बिहान नभएर कहाँ छाड्थ्यो र । बिहान भयो सहर फेरि बिउ“झियो । कोलाहल सुरु भयो । हिजो घरबाट हि“डेदेखि पानीसमेत खाएकी थिइनँ । कसले सोध्ने उसलाई सहरमा तिर्खाइस् कि भनेर । उसको गाउँको खोला पनि त त्यहा“ थिएन जसले उसलाई सुसेली हालेर बोलाउ“थ्यो । बिहान सडक किनारकै रूखमा अडेस लागेर बसेकी थिइ । ऊ अचानक लडी । बिउँझिँदा अस्पतालमा पाई । एउटी नर्स उसको अगाडि उभिएको उसले देखि । त्यो अपरिचित अनि अनजान ठाउ“मा उसले केही बोल्नै सकेकी थिइन । नर्सले बोली ‘तपाईं गर्भवती हुनुहुन्छ । यस्तो बेलामा किन एक्लै हि“डेको ?’ ऊ अँझै बोल्न नसक्ने भइ । केबल आ“सुको भाषामात्र बोलिरही । मानाैँ, शब्द कतै उसकै अन्तरमा हराएका थिए, सायद बोली उसले आफ्नो खोलालाई दिएर आएकी छ । ऊ बोल्दै बोलिन ।
एकैछिनमा अर्की आइमाई आइपुगिन् । उनले भनिन्, ‘नानी तिम्रा आफन्त कहा“ छन्, बोलाऊ । तिमी बेहोस् भएपछि मैले नै सडकबाट यहाँ लिएर आएको हुँ । मलाई पनि घर जान ढिला भएको छ । आफन्त बोलाऊ ।’ अलि खानदानी जस्ती देखिने ती महिलाको बोली सुनेपछि र आफूलाई गरेको सहयोग बुझेपछि ऊ नबोलिरहन सकिन । यस्तो अवस्थामा ऊ अब को आफन्त छ भनोस् ? उसलाई कसले नै बुझ्ला र जस्तो लाग्यो र उसको मुखबाट निस्कियो, ‘मेरा कोही आफन्त छैनन् ।’
‘कोही त होला ?’
‘अहँ, कोही छैन ।’

ऊ रुन थाली । सायद उसको पीडा बुझेर हुनपर्छ, ती महिलाले उसमाथि दया देखाइन् केही दिन आफ्नै घरमा बस्न दिने भनिन् । ऊस“ग अरू विकल्प नै कहाँ थियो र ? ऊ तिनै दयालु महिलाको पछि लागेर उनका घरमा पुगी र त्यही घरको एउटा कोठामा बस्न थाली । केही समयपछि त्यही घरमा घरेलु कामदारका रूपमा काम गर्न थाली ।
छोरो कथा सुन्नमा निकै मग्न थियो । कथा भन्दाभन्दै मेरा आ“खा रसाइसकेका थिए ।
मेरो आँखाबाट आँसु झरेका देखेर उसले सायद बुझ्यो होला । उसको बाबु को हो भनेर । म कसरी भन्न सक्छु उसको बाबुसँग मेरो कुनै विवाहित सम्बन्ध नै छैन भनेर । म कसरी भन्न सक्छु । बाबु तँ बाबु विनाको सन्तान, भगवान् होस् भनेर । म कसरी भन्न सक्थे बाबु त“ ममाथि भएको लैंगिक हिंसाको उपज होस् भनेर । कस्तो विवशता !
उसका आ“खा पनि टिलपिलाउन थाले । आमा भन्दै अ“गालो मा¥यो । आमाछोरा धेरैबेर अ“गालोमै रोइरह्यौँ ।
प्रकाशित मितिः ९ भाद्र २०८०, शनिबार ११:००
साझा बिसौनी ।