प्रदेश नं. ६ को समृद्धिमा रुकुमको सहभागिता

यहाँ सहभागिता भन्नाले कर्णाली प्रदेशभित्र राखिएको प्रदेश नम्बर ६ को रुकुमबाट अर्थात् रुकुमका पहिचान र सामथ्र्यका आधारबाट deepakसमृद्धिको लक्ष्य कसरी प्राप्त गर्न सकिएला भन्ने मूल विषयलाई रुकुमको योगदान, भूमिका, दायित्व, परिचालनलाई बोध गर्न सकिन्छ । कर्णाली पूर्णत रुकुम अंशमा रहे पनि रुकुमको भूमिमा रहने नागरिक विशेष भावनात्मक, भौतिक, प्राकृतिक, सांस्कृतिक, भाषिक सम्बन्ध रहेकाले रुकुमेली जनताको अपनत्वविना सहभागिताविना, सक्रियताविना, योजना छनौट र लागू बिना जिल्लाको समृद्धि असम्भव छ ।

खस साम्राज्यको अन्तिम शक्तिशाली राजा (नरेश) अभय मल्ल (१४५०) देखि विशालता छिन्नभिन्न भएयता नेपाल एकीकरणले तत्कालीन कर्णाली राज्यसहित बाइसे राज्यहरूलाई एकीकरण नगरुन्जेलसम्म वर्तमान रुकुम जिल्लाका भू–भागहरू यसै ऐतिहासिक, राजनैतिक, प्रशासनिक क्षेत्रबाट अगाडि बढेको छन् । सम्भवतः अतिशक्तिशाली रहेको सिंजा साम्राज्यको जुम्लामा सरेका राजधानीका राजा क्रयमल्लका पालामा तत्कालीन गोतामकोटमा गौतमलाई वीर्ता दिएपछि गोतामकोटमा बसेर अहिलेको सानोभेरीको पानीढल रोल्पाको जलजलासमेत गोतामकोट विर्ताभित्रै राखेर जाजरकोटको केही भाग, डोल्पा, रोल्पा, सल्यानसमेत राज्य गरिएको थियो । प्रशासन चलाउन सजिलो ठाउँका लागि रुकुमकोटलाई छानेपछि कालान्तरमा अहिलेको रुकुम जिल्लाभित्र गोतामकोट, रुकुमकोट, मुसीकोट, बाँफीकोट, जहारीकोट (कोटजहारी) बाइसे राज्यहरू रुकुमजिल्लाभित्रै रहेका थिए । समयक्रममा जाजरकोट राज्य बलियो भएपछि बाँफीकोट र गोतामकोट राज्यसहित सिस्ने हिमालसम्म सानोभेरीको उत्तरतर्फको भू–भाग जाजरकोटी बाइसे राज्यमा मात्र गाभिएको छैन गोतामे बाहुनहरूको राज्य शासनसत्ता पनि गुमेको छ । ठकुरीको मात्र राजपाट चलाउन सक्छन् भन्ने सामाजिक मान्यता वा गोतामेहरूको आत्मगत कमजोरीको पृष्ठभूमिका रुकुमजिल्ला एकीकृत नेपालमा रहेर तत्कालीन सल्यान जिल्ला प्रशासित रुकुमले २०१९ सालमा भिन्नै तर २७ गाउँपञ्चायतको आकारमा नयाँ जिल्ला बन्न पुगेको हो । २०२६ सालतिर तत्कालीन समयमा जाजरकोट जिल्लामा रहेको सिस्नेसम्मको भू–भाग रुकुम जिल्लामा गाभिएर अलि ठूलो क्षेत्रफल पाएको छ भने २०३२ सालतिर बाग्लुङमा रहेका तत्कालीन हुकाम, मैकोट, तक गाउँपञ्चायतहरू र २०२४ सालतिर रोल्पा जिल्लामा रहेका मुरु, पेउका, रुङ्गा जस्ता गाउँपञ्चायतहरू गाभिएर साविकको ४३ गाउँपञ्चायतलाई रुकुम जिल्लाले आफूभित्र समाहित गरेको छ । लिालामणि पौडेलको आयोगले रुकुमलाई तीन नगरपालिका र पाँच गाउँपालिका गरी आठ वटा तहमा विभाजन गरेको छ । स्थानीय जनताको पौडेल प्रतिवेदनप्रति असहमति रहँदै आएको मात्र छैन, रुकुमका राजनैतिक पार्टीहरूले जनताको बहसको तर्कको अधिकारलाई पुनः खोसेका छन् । यस विशेषताहरूका आधारमा सहयोग र प्रयोगबाट रुकुमको बौद्धिक समृद्धि बन्नसक्छ । इतिहास, दर्शन, यथास्थितिको ठोस विश्लेषण बिनाको मानव समुदाय असमृद्ध बनेको छ । कनै पनि समाजको समृद्धिको गन्तव्य चुम्नलाई त्यस समाजको वैज्ञानिक चेतना तथा आ–आफ्नो ठाउँबाट कुर्वानीविना समृद्धिको परिकल्पना गर्न सकिन्न । रुकुमका सन्दर्भमा यही विचार लागू हुन्छ । अधिकारमात्र माग्ने सिर्जनशीलता र त्याग नदेखाउने समाज प्रकारान्तरले अन्धविश्वासी हुन्छ । अन्ध परम्परागत अन्धविश्वास र प्रकारान्तरित विश्वासले समाजलाई सही आँखा दिन सक्दैन ।

यसका अरिरिक्त रुकुमको भावी शान्ति, सद्भाव समृद्धि र उन्नति सकारात्मक जीवनस्तर परिवर्तनका लागि पहिलो आधारभूत क्षेत्र भनेकै प्रत्येक घरघरमा खानेपानी, कसरेसाबारी, व्यवस्थित बसोबास हुन् । जाङ, प्वाङ, रन्मा, मैकोट, खदिस्यालामा, सिस्ने, राङसी गाविसमा सडक यातायातको विकास पनि त्यत्तिकै आवश्यक पूर्वाधार हो । कोइलावासदेखि घोराही हुँदै रुकुमकोट–सिस्ने डोल्पा हुँदै तिब्बत निस्कने त्रिदेशीय लोकमार्ग निर्माण र प्रयोग रुकुमको मात्र हैन, नेपालकै समृद्धिको पूर्वाधार हो । नेपाली नीति निर्माण, प्राविधिक, सञ्चारकर्मी, विज्ञको आँखा पर्दै नपरेको सबैभन्दा छोटोमात्र हैन राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र धार्मिक महŒव बोकेको प्रस्तुत प्रस्तावित लोकमार्गको आधाभन्दा बढी ट्रयाक खुलिसकेको छ । नेपालकै सबैभन्दा ठूलो डोल्पा जिल्लाको पनि प्रस्कृत लोकमार्ग विकासको मेरुदण्ड बन्नसक्छ । भेरीनदी तथा बेसिनकोसँग जोडिएको सिस्नेहिमाल श्रृंखलाको वनजंगल, खोलाखाल्सी, जीवनप्रणाली आधुनिकता ल्याइ भेरीका बगरहरूमा बगरखेती वा आधुनिक खेती गरी प्रयोग गरेको खण्डमा रुकुमलाई मात्र हैन डोल्पा, जाजरकोट, म्याग्दीलाई समेत आत्मनिर्भर बनाउन सकिने छ ।

परम्परागत खेतीपाती, पशुपालन तथा आयआर्जनलाई आधुनिक रूप नदिँदासम्म रुकुमेली भावी जीवनस्तर झन् कठिन बन्नेछ । रुकुमको समृद्धि प्राप्तीका लाग कोटजहरीको उत्तरी ढलानदेखि जङलगाउँ हुँदै स्यालापाखा गाविसबीचमा पर्ने प्रायः सबै गाविसहरूमा फलफूल खेती, पशुपालन तथा दुग्धजन्य उत्पादनको सुपरजोन बनाइनुपर्छ । धान, गहुँ, मकै, कोदा जस्ता परम्परागत बालीलाई आधुनिक रूपमा परिवर्तन नगर्दासम्म कर्णाली प्रदेश र रुकुम मासु, फलफूल तथा दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बन्नेछैन । यस प्रस्तावित मकैको भू–बनौट अति संवेदनशी, भिरालो, उत्तरायण, कमजोर भएकाले घाँसका आधुनिक प्रजातीहरू लगाएर, कम लगानीमा दिगो र विश्वसनीय लगानी गरी जनताको प्रत्यक्ष जनजीवनलाई रूपान्तरित गर्नुपर्ने छ । परम्परागत खाद्यवाली लगाउँदा केही स्थानमा फलफूल लगाउँदा दसौं प्रतिशतले आय बढी हुन्छ ।

कृषिप्रधान वर्तमान नेपालमा बीऊबिजन विदेशबाट आयात भइरहेको वस्तुस्थितिमा मुसीकोटको तरकारी बीऊउत्पादन केन्द्रलाई अनुसन्धान केन्द्रमा समेत विकसित गरी खासगरी माछमी, सोलावाङ, मेघा गरायला, खोलागाउँ, राडी लगायतका सबै ज्यूलाहरूमा खाद्य, नगदे, फलफूलका बीउ उत्पादन जोनमा व्यववहारिक रूप दिएको खण्डमा उच्च मूल्य उत्पादन भइ रुकुमेली जनताको प्रत्येक्ष जीवनप्रक्रिया शैली, प्रणाली र संस्कृतिमा परिवर्तन आउनेछ । कुपोषण, मातृमृत्युदर, शिशुमृत्यदर, न्यून जीवनस्तरसँग रुकुमेली जनताका मनोविज्ञान जोडिएको छ । अन्धविश्वास अकाल मृत्युको खास कारण बन्दैछ । प्रत्येक वर्ष हजारौं संख्यामा दिइने बलीप्रथाले पशुको उत्पादन र उत्पादकत्व घटाउँदैछ । खानयोग्य उमेर पुगेको स्वस्थ मासु खाने व्यवहार परिवर्तन नहुँदासम्म रुकुमेली आर्थिकस्तर, सामाजिक सम्बन्ध र स्वास्थ्यस्तर, उन्नत बन्नसक्ने देखिन्न । सलिन्दा प्रत्येक घरबाट पुत्पाहा भाकल, कुलपूजामा काटिने पशुवलीको मात्रालाई प्रत्येक कुलबाट एउटा मात्रै भए पनि न्यूनीकरणमा जानसक्छ ।

सदरमुकामसँग जोडिएको नौवहिनी लेकलाई वनका रूपमा स्थापित गरी यहाँका जैविक विविधता, पर्यापर्यटन, अध्ययनलाई नविन शाखामा लिनुनै पर्छ । मौराखारादेखि सिस्नेहिमालसम्म तिलादेखि दोरपाटनसम्मको उच्च लेकाली भू–भागलाई संरक्षित क्षेत्रमा लागि ट्रयाकिङको व्यवस्था गरेको खण्डमा पर्यटनको विकास हुनसक्छ । नौवहिनी, मौराखारा, रुकुमकोट, जोगीकोट, बाँकीकाँडा, गुनामजात्रा रुकुमेली विशेष ठाउँमा भ्यूटावरको व्यवस्थाले मात्रै हैन, रुकुम जिल्ला जैविक विविधताको राजधानी हो । सिस्ने, पुथा यहाँका सुन्दर हिमालहरू हुन् । हिमाल आरोहणका प्रयासहरू गरिनुपर्नेछ ।

रुकुमको अर्थ सुन्दर, सौन्दर्य, चित्ताकर्षक, लोभलाग्दो हुन्छ । कमलताल, स्यार्पुताल, साखदह, चाँपादह, सिस्ने नजिकका तालहरू रुकुमका पर्यटनका लोभलाग्दा सदावहार, ठूला र कञ्चन तालहरू हुन् । यस वरपरका सीमसारहरू जैविकविविधताका भण्डारहरू हुन् । स्यार्पुतालमा मत्स्यपालन, ढुङ्गा यात्रा तथा जलसम्बन्धी खेलकुदहरू गर्न सकिन्छ । रुकुमकोट रुकुमकोटको कमलतालमा पाइने कमल विश्वकै दुर्लभ वनस्पति हो । बाउन्न पोखरी त्रिपन्न टाकुरीले नाम कमाएको रुकुमकोटमा मात्र हैन रुकुमजिल्ला सबैभन्दा बढी टाकुरा, पहाड, पर्वत, लेक, थुम्काहरू छन् । सानोभरी तथा ठूलो भेरीले रुकुमलाई वृहत जलाधार दिएको छ । पानीघट्टको राजधानीका नामले पनि रुकुमलाई चिन्न
सकिन्छ । यो घट्टहरू, खोला, खाल्सी, ताल, नदीहरू हिमालहरूलाई अत्याकर्षक विकसित रूपमा प्रयोगमा ल्याउन नसक्दा जनताको वास्तविक आयआर्जन बढ्नेछैन । रोल्पाको जल्जला, ढोरपाटन, से–फोक्सुण्डो जनयुद्ध ट्रेल र संग्राहलय नै रुकुमको प्रत्यक्ष अप्रत्यक्ष आधारस्तम्भहरू हुन् । मह, भीरमह, शिलाजित, कटुकी, पाँचऔंले, काहुलो, खुरी, मालु, बाँस, निंगालोमा आधारित हस्तकलाको विकास, मादल, झ्याली, दमाहा, सुल्पा, खुकुरी, हँसिया, चुलेसी, बञ्चरो जस्ता कलात्मक सामग्री उत्पादनका सीपहरू रुकुममा मनग्गै पाइन्छ । पश्चिमी रुकुमको मेघा गरायललाई मास र केराको पकेट क्षेत्र विस्तार गरी माटोपानी हावा सुहाउँदा फलफूल खेती बनाएर उच्च लेकमा सिमी, आलु, स्याउ, फापर, लटेमाटे, कागुनोको बालीलाई संरक्षण सम्वद्र्धन र विकास रुकुमको आजको आवश्यकता हो । माथिल्लो उचाइमा फल्ने रातो मार्सी धानको बजारीकरण गर्नुपरेको छ भने तिल्की वनस्पति, मसिनो जरनका लागि रुकुम प्रख्यात जिल्ला हो । राडीपाखी , स्वीटर लगायत थुप्रै सामग्रीहरूको बजारीकरण गर्नुपर्ने छ । त्यति मात्र होइन पाङखामभाषी मगर भाषा, सहित्यकला र संस्कृतिको अध्ययनका लागि रुकुम प्रचूर सम्भावनाको जिल्ला हो ।

प्रकाशित मितिः   १८ माघ २०७३, मंगलवार ११:५६