सुर्खेतका ६ विद्यालयलाइ कारवाहीको चेतावनी

जिल्ला शिक्षा समिति सुर्खेतले विद्यालय व्यवस्थापन समिति गठन गर्न अटेर गर्ने सुर्खेतका ६ वटा विद्यालयलाइ कारवाहीको चेतावनी दिएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले पटक पटक निर्देशन गर्दा पनि हालसम्म ती विद्यालयहरुले विद्यालय व्यवस्थापन समिति गठन नगरेको जनाइएको छ ।

जन माध्यमिक विद्यालय वीरेन्द्रनगर, अमरज्योती माध्यमिक विद्यालय नेवारे, चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेताल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जहरे, बागेश्वरी माध्यमिक विद्यालय राकम र सरस्वती माध्यमिक विद्यालय लेखपराजुललाइ कार्यालयले यस्तो चेतावनी दिएको हो ।

६ वटै विद्यालयहरुलाई २०७३ माघ मसान्तसम्म विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिइएको छ । उक्त समयसीमाभित्र पनि विव्यस गठन नगरेमा थप कार्वाही अघि बढाउन जिल्ला शिक्षा कार्यालयलाई निर्देश गर्ने निर्णय जिल्ला शिक्षा समितिले गरेको हो ।

प्रकाशित मितिः   १८ माघ २०७३, मंगलवार १३:२३