आज्ञाकारी छोरी ‘जमुना’
महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रमुख महिला विकास अधिकृत हुन्, जमुना पौडेल । उनको जन्म काठमाडौंको सिद्धापाइला गाउँमा भएको हो । वि.सं. २०२३ माघ २८ गते बुबा चन्द्रबहादुर कार्की र आमा चन्द्राकुमारी कार्कीका जेठी छोरीको रूपमा जन्मिएकी पौडेलले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी सुनाएकी छिन् :
आध्यात्मिक स्वभाव
मेरो बाल्यका रमाइलोसँग नै बित्यो । म धार्मिक र अध्यामिक स्वभावको भएकोले मलाई दान गर्न धेरै मन पर्दथ्यो । प्रत्येक शनिवार पूजाका लागि मन्दिर पुग्थें । यसका लागि मैले आमालाई धेरै दुःख पनि दिएँ । मेरो हजुरबुबा (लालबहादुर कार्की) पनि आध्यात्मिक सोचको हुनुहुन्थ्यो । उहाँको प्रभावले पनि होला म सानैदेखि त्यसतर्फ लागें । उहाँले मलाई यसमा सहयोग पनि गर्नुभयो । म रोएपछि भुलाउनको लागि जसरी पनि मन्दिर लैजानुपथ्र्यो । राम्रोसँग हिँडेर मन्दिर जान नसके पनि मन्दिरतिर हात देखाएर म रोइरहन्थे । आमाले मलाई काठमाडौंको जैशीदेवलको गणेश मन्दिरमा बोकेर लैजानुहुन्थ्यो । मन्दिरमा पूजारीले प्रसाद दिनुहुन्थ्यो । म मन्दिरमा आएका सबै मानिसहरूलाई प्रसाद दिँदै हिँड्थे । प्रत्येक दिन मलाई नुहाइदिनुपथ्र्यो । मलाई सधैं म को हुँ ? कहाँबाट आएको ? कहाँ जाने ? र के गर्ने भन्ने प्रश्नले झस्काइ रहन्थ्यो । यही प्रश्नले गर्दा मैले असल काम गर्नुपर्छ भन्ने भावाना पनि जागेको थियो ।
बाघ र सर्पसँग प्रेम
मलाई खतरनाक जनावरहरू मनपथ्र्यो । आमाले घरमै बाघ पाल्नुभएको थियो । मलाई बाघ सर्पदेखि डर लाग्दैन्थ्यो । उनीहरूको राम्रो गुण मनपथ्र्यौ । सिंह जस्तै बहादुर हुन मन लाग्थ्यो । अनि सर्प जस्तै विष सोसेर स्वच्छ वातावरण सिर्जना गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । मेरो आमाले मलाई जहिले पनि नराम्रो वस्तुबाट राम्रो कुराहरू सिक्नुपर्छ भनेर सिकाउनुहुन्थ्र्यो । दाईले मलाई बहादुर हुनुपर्छ भनेर भन्नुहुन्थ्यो । त्यसैले दाईले मलाई अग्लो ठाउँबाट हामफाल्न लगाउनुहुन्थ्यो । कहिले पानीको पोखरीमा धकेलिदिनुहुन्थ्यो । आमाले हामीलाई नराम्रो व्यक्ति, जनावरको राम्रो पक्षहरू कथाको शैलीबाट भन्ने गर्नुहुन्थ्यो । कुनै पनि व्यक्ति जन्मदै नराम्रो हुँदैन् । त्यसमा पनि केही कारणहरू हुन्छन् । आमाले यसरी नराम्रो व्यक्तिहरूको बारेमा कथा बनाएर हामीलाई सुनाउनुहुन्थ्यौ । त्यसकारण पनि म बाघ र सर्पजस्ता खतरनाक जनावरहरूलाई प्रेम गर्थें ।
आमाले रोपिदएको सपना
हजुरबुबाले मलाई राजकुमारी भनेर बोलाउनुहुन्थ्यो । आमाले त्यही सन्र्दभमा भन्नुहुन्थ्यो, ‘बेलायतमा पनि महिलाहरू महारानी भएर देश चलाएका छन् । तिमीहरूले पनि पछि त्यसैगरी नै देश चलाउनुपर्छ । तिमी कि हाकिम बन्नुपर्छ कि मन्त्री त बन्नैपर्छ । प्रयास गनुपर्छ । एक दिन सफल भइन्छ ।’ यसरी आमाले मेरो सपना बुनिदिनुहुन्थ्यो । कहिले इन्दिरा गान्थीको उदाहरण दिनुहुन्थ्यो भने कहिले बेलायती महारानीको उदाहरण दिनुहुन्थ्यो । अनि म पनि असल र ठूलो मान्छे बन्ने सपना देख्थे । आमालाई आफूले पढ्न नपाएको ठूलो पछुतो थियो । मेरो आमाको सात वर्षको उमेरमा विवाह भएको हो । बुबा ११ वर्षको हुनुहुन्थ्यो । सानै उमेरमा विवाह गरेका कारण उहाँले पढ्न पाउनु भएन । त्यसकारण आमाले हामीलाई पढ्नको प्रेरणा दिनुहुन्थ्यो । आमाले सधैं काखमा राखेर सम्झाउनु हुन्थ्यौं ‘हेर नानी मैले त अल्छी गर्नाले पढ्न सकिनँ । तिम्रो बुबाले पढेर अहिले समाजमा कति मानसम्मान छ । त्यो मानसम्मान मेरो छैन । अब तिमीहरूले पढेर ठूलो अनि असल मान्छे बन्नुपर्छ ।’ मेरो आमाले नपढेको भए पनि व्यवहारिक शिक्षाले हामीलाई पोख्त गराउनुभएको थियो ।
बुबाको उत्प्रेरणा
मेरो बुबा (चन्द्रबहादुर कार्की) न्यायाधीश हुनुहुन्थ्यो । बुबाको जागिरको शिलशिलामा ६÷६ महिनामा सरुवा हुन्थ्यो । त्यसैले एउटै विद्यालयमा पढ्न पाइनँ । बुबाको सरुवा जहाँ हुन्थ्यो त्यही जानुपथ्र्यो । बाल्यकालमा विभिन्न जिल्लामा गएँ । बाल्यकालदेखि नै मैले फरक–फरक समुदायको परिवेश बुझ्ने अवसर पनि पाएँ । म आमाबुबाको आज्ञाकारी सन्तान थिए । बुबाआमाले भनेको कुराहरू मैले कहिले पनि नाइ भनिन । म यो स्थानमा आइपुग्नको लागि मेरो आमाबुबाको महŒवपूर्ण भूमिका छ । मैले विद्यालयको कोर्ष भन्दा पनि अरु किताबहरू पढ्ने रुचि थियो मेरो । बुबाले औपचारिक शिक्षा भन्दा पनि अनौपचारिक शिक्षालाई बढी जोड दिनुहुथ्यो । पढेर राम्रो डिभिजन ल्याउनु भन्दा पनि व्यवहारिक ज्ञान सिक्नको लागि बुबाले उत्प्रेरणा दिनुहुन्थ्यो । बुबाले एउटा टेबुलमा दुई वटा कलम २ वटा स्केल, इरेजर हुन्थ्यो । घरको काम गर्ने बेलामा एउटाले गर्नुहुन्थ्यो र अर्को काम गर्ने बेलामा अर्कोले । यसबाट मैले भ्रष्टाचार विरुद्धको नैतिक शिक्षा पाएको थिए । हामीलाई भन्नुहुन्थ्यो, ‘काम भनेको पूजा हो । हामीले जहाँ काम गरिरहेका छौं त्यहाँ इमान्दार भएर काम गर्नुपर्छ ।’
भारत पुगेर आँप चोर्यौँ
जीवनमा एक पटक मात्र चोरेको छु । त्यो नै मेरो पहिलो र अन्तिम भयो । त्यस्तै २÷३ कक्षा पढ्ने बेलामा हो । त्यस बेला हामी जनकपुर बस्थ्यौं । जलेश्वरमा आँप चोर्न गएको सम्झना अझै पनि आउँछ । गाउँमा सबैलाई साथीहरूको नेतृत्व मैले गर्थे । एक दिन हामी खेल्दा–खेल्दै इन्डियाको बोडरकाटेर गएछौं । केटाकेटी मात्रै थियौं । आँप पाकेको देख्यौं । सबै रुखमा चढेर आँप टिप्न लाग्यौं । मालिकले देखेर हामीलाई लखेटे । साथीहरूले आँप बोक्न नसकेर फाल्दै दौडिए । म दौडन सकिन् । सबै आँप मालिकलाई दिएर कान समातेर सरी अंकल भने । अब ेखि कहिले पनि जीवनमा नचोर्ने कसम पनि खाएँ ।
कपडा समेत साथीभाइलाई
म सानैदेखि अरुलाई दान गर्न भनेपछि अघि सर्थें । आमाले खाना टिफिनमा हालेर पठाउनुहुन्थ्यो । मैले साथीहरूलाई सबै खान दिन्थें । जनपुरमा पढ्दा साथीहरू पुरानो कपडा लगाएर र प्रायः खाली खुट्टा आउने गर्थे । उनीहरू मेरो वरिपरि बसेर भन्थे ‘तिमी त धनी बुबाको छोरी । तिम्रो बुबाआमाले जे भन्यो त्यही पु¥याइदिनुहुन्छ । मलाई तिम्रो जुत्ता मलाई दिउन । मेरो खाली खुट्टा छ ।’ कसैले मेरो सट राम्रो छ भनेर माग्थे । म साथीहरूलाई जे माग्छन् त्यही दिन्थें । गरीबहरूलाई सेवा गनुपर्छ जस्तो लाग्थ्यो अनि म उनीहरूलाई मेरो कपडा समेत दिन्थें । यसरी मैले साथीहरूलाई कपडा दिन थालेपछि आमाले घरमा आफै मेशिन राखेर कपडा सिलाउन थाल्नु भएको थियो । पछि कक्षा १० मा पढ्ने बेलामा मैले आफै कपडा सिलाएर लगाउँथे । आमाबाट कपडा सिलाउन पनि सिकेको थिएँ ।
सहयोगी भावना
४ कक्षा पढ्ने बेलामा म धनकुटामा बस्थें । विद्यालयमा हुँदा स्काउटको राम्रो विद्यार्थी पनि थिएँ । त्यहाँ बस्दा हामी आमाहरूलाई सघाउने अभियान सुरु गरेका थियौं । आमाहरूले चर्खामा धागो काट्ने काम गर्नुहुन्थ्यो । त्यसबापत उहाँहरूले पैसा पाउनुहुन्थ्यो । सबै साथीहरू मिलेर हामीले उहाँहरूलाई विद्यालयबाट आएपछि सघाउने गर्दथ्यौं । त्यस्तै हामी आमाहरूलाई पूजा गर्न सहयोग हुन्छ भनेर फूल टिप्न जान्थ्यौं । केटी साथीहरूको नेतृत्व मैले लिन्थेँ भने केटा साथीहरूको मेरो दाइले लिनुहुन्थ्यो । हामी सरकारी कार्यालयहरूमा फूल टिप्नको लागि जान्थ्यौं । मैले फूल लगाउन पनि त्यसैबेला सिकेको थिएँ । मलाई खेल्न धेरै मनपथ्र्यो । गाउँगाउँमा साथीहरूलाई जम्मा गरेर रमाइलोसँग खेल्थ्यौं । म आध्यात्मिक भावनाको भएकोले म प्रायः सानो उमेरमा एकान्तमा बस्थें । मलाई बुद्धको दर्शनले प्रभाव पारेको थियो । कहिले जंगलमा गएर एक्लै रुखमा बस्ने पनि गर्थें । घरमा खोजाखोज हुन्थ्यौं । पछि किशोर अवस्था सुरु भएपछि त्यसरी जंगल जान छोडें ।
अन्त्यमा,
मैले एसएलसी पदमकन्या विद्यालयबाट १७ वर्षको उमेरमा गरेको हुँ । त्यसपछि मैले कानुन विषय लिएर पढें । नेपाल ल कलेजबाट कानुन विषयमा बीएल गरेको छु । २०५१ सालमा पुनरावेदन अदालतमा न्यायअधिकृत भएर दुई वर्ष काम गरे । २०५४ सालमा महिला विकास अधिकृत पदमा नाम निकालेपछि अहिले प्रमुख महिला विकास अधिकृतको रूपमा काम गरिरहेकी छु ।
साझा बिसौनी ।