‘पशुपतीमा जलहरी’ सार्वजनिक

सुर्खेत: कलाकार प्रकाश शाहीले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । गायक, सर्जक तथा मोडल शाहीकोे तीज गीत ‘पशुपतीमा जलहरी’ बुधवार सार्वजनिक गरिएको छ ।

सामाजिक विषयलाई गीतमा उठान गरिएको छ । शाहीले भ्रष्टाचार र व्यथितिका कुरा उजागर गर्न खोजेका छन् । पशुपतिको जलहरी बनाउँदा सुन घोटाला भएको घटनालाई गीतमार्फत व्यक्त गरेको उनले जनाए । उक्त गीतको गीतको शब्द तथा लय संकलन गरेका शाहीले स्वर पनि आफै दिएका छन् । उनलाई मान्डवी त्रिपाठीले साथ दिएकी छिन् ।

गीतको म्युजिक भिडियोमा पनि शाहीसहित ज्योति काफ्लेले अभिनय गरेका छन् । निर्मल प्याकुरेलको निर्देशन रहेको भिडियोमा अशाोक बस्नेतको कोरियोग्राफी र छायाङ्कन अर्जुन सापकोटाले गरेका छन् । म्युजिक एरेन्ज भने विपिन आचार्य रहेको छ ।

म्युजिक भिडियोमा कलाकारहरू गणेशभक्त गौतम, गणेश बस्नेत, कुमार कार्की, देवकी तिमिल्सिना, प्रकाश खत्री, गोपाल पाण्डे, प्रविन शाही, पूर्ण भण्डारी, राम रावतलगायतको समेत अभिनय छ ।

प्रकाशित मितिः   २५ श्रावण २०८०, बिहीबार ०५:०४