प्रदेशसभाको नियमावली संशोधन हुने
सुर्खेत: कर्णाली प्रदेशसभा नियमावली संशोधन गरिने भएको छ । नियमावली संशोधनका लागि समिति गठन गरिएको छ ।
आइतवार बसेको प्रदेशसभा बैठकमा सभा सदस्य हिक्मतबहादुर विष्टले समयानुकूल हुनेगरी नियमावली संशोधन गर्नुपर्ने भएको भन्दै संशोधन समितिका लागि प्रस्ताव पेस गरेका थिए भने उक्त प्रस्तावलाई नेकपा (एमाले)का प्रदेशसभा सदस्य टेकराज पछाईले समर्थन गरेका हुन् ।
सभामुख नन्दा गुरुङले प्रस्तावलाई निर्णयार्थ पेस गरेपछि ध्वनी मतद्वारा पारित गरिएको हो । समितिलाई तीन महिनाभित्र संशोधनको कार्य सम्पन्न गर्न समय दिइएको छ । समितिको सदस्यमा कल्याणी खड्का, टेकराज पछाई, देवेन्द्रबहादुर शाही, पूर्णबहादु खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोद कुमार शाह, सन्तोषी शाही र हिक्मतबहादुर विष्ट रहेका छन् ।
प्रकाशित मितिः १५ श्रावण २०८०, सोमबार १०:२१
साझा बिसौनी ।