खेलकुदमा लगानी

खेलकुदमा कर्णाली अब्बल होइन । विगतका राष्ट्रिय प्रतियोगिताहरूमा कर्णालीको उपस्थिति कमजोर छ । यद्यपि, पछिल्लो समय सुधार भइरहेको देख्न सकिन्छ । गत जेठमा कर्णाली प्रदेशले क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल ग¥यो । जनकपुरमा भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पा¥यो । पर्याप्त पूर्वाधार, प्रशिक्षण र प्रतियोगिताविना नै पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जित्दै नेपाली क्रिकेटमा कर्णालीको बलियो उपस्थिति दाबी गर्न सफल भएको हो । त्यसअघि वैशाखमा काठमाण्डौंमा भएको १३ औँ केन्द्रीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा समेत कर्णालीले चार स्वर्णपदकसहितको उपलब्धि हात पारेको थियो । मधेस र गण्डकी प्रदेशलाई पछाडि पार्दै चार स्वर्ण, तीन रजत र १० कास्यसहित जम्मा १७ वटा पदकमा कर्णालीले बाजी मा¥यो । त्यति मात्रै होइन पोखरामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत कर्णालीले दुई वटा स्वर्णपदकसहित चार रजत र १२ कास्य गरी १८ वटा पदक प्रदेशमा भिœयाउन सफल भएको थियो ।

खेलकुदमा कर्णाली प्रदेशले हात पारेका उपलब्धिका पछिल्लो दृष्टान्त हुन्, यी । पछिल्लो समय कर्णालीको खेल क्षेत्र चलायमान मात्रै भएको छैन, प्रदर्शन र नतिजामा समेत सफलता हात पार्न थालेको छ । त्यसो त प्रदेशमा पर्याप्त खेल पूर्वाधारको विकास भएको छैन । खेलाडीहरूको अथक मेहेनत र न्यून लगानी तथा प्रशिक्षणमै राष्ट्रियस्तरका प्रतियोगिताहरूमा सहभागी भएर पद जित्ने गरेका छन् । प्रतियोगिताहरूमा खेलाडीहरूले धमाधम उपलब्धि हात पार्न थालेपछि खेलकुद पूर्वाधार विकासका लागि लगानी गर्न थालिएको छ । कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगिताका लागि लक्षित गरेर दुई वर्षयता पूर्वाधार विकास भइरहेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन प्रादेशिक रंगशालाको ६० प्रतिशत काम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषदका अनुसार ६० प्रतिशत भौतिक प्रगति र ४६ प्रतिशत वित्तीय प्रगति भएको छ । रंगशाला निर्माणको काम धमाधम चलिरहेको छ । निर्माणाधीन रंगशालाको काम तोकिएको समयभित्र सम्पन्न गर्ने गरी अघि बढेको छ ।

प्रादेशिक रंगशाला निर्माणको काम चलिरहे पनि राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक अन्य पूर्वाधार निर्माणमा भने बजेट अभाव भएको छ । प्रदेश सरकारले छुट्याएको बजेट पूर्वाधार निर्माण र १०औँ राष्ट्रिय खेलकुदका लागि खेलाडी तयार गर्न अपुग हुने देखिन्छ । एकातर्फ पूर्वाधार निर्माणमै पर्याप्त लगानी हुन सकेको छैन भने अर्कोतफै खेलाडीहरूलाई तयार पार्न प्रशिक्षण र प्रतियोगिताहरूको समेत अभाव छ । कर्णालीमै आयोजना हुने प्रतियोगितामा कर्णालीको उपस्थिति र प्रदर्शन पनि बलियो र नतिजामूखि बनाउन अहिलेदेखि नै ध्यान दिन जरुरी हुन्छ ।

प्रकाशित मितिः   २६ असार २०८०, मंगलवार ०५:०३