इलेक्ट्रोनिक समितिमा ज्ञवाली

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ फागुन । 
सुर्खेत इलेक्ट्रोनिक वस्तुगत समितिको अध्यक्षमा भुवन ज्ञवाली चयन भएका छन् । इलेक्ट्रोनिक व्यवसायीहरूको मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भेलाले ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सोमप्रसाद पौडेल, सचिवमा केदार भुषाल र कोषाध्यक्षमा रवि लामिछाने चयन भएका छन् । यस्तै सदस्यहरूमा बसन्त गिरी, नारायण गिरी, दिनेश योगी, लक्ष्मण अधिकारी, सुनिल पौडेल, कुसुम रावल र गोपाल गौतम चयन भएका छन् । 
यस्तै मंगलवार नै काँचो कपडा व्यवसायी समितिको पनि नयाँ कार्यसमिति चयन भएको छ । जसको अध्यक्षमा केशव ज्ञवाली, उपाध्यक्षमा कृष्ण थापा, सचिवमा नविन रावत र कोषाध्यक्षमा सिराज अहमत सिद्धिकी चयन भएका छन् । सदस्यहरूमा शिवम् गुप्ता, प्रेम कश्यप, खड्गप्रसाद कोइराला, ऐवानबहादुर बुढा, धर्मराज कोइराला, जयबहादुर वली र बिमल गुप्ता चयन भएका छन् । यस्तै सल्लाहकार समिति सदस्यहरूमा श्यामकुमार अग्रवाल, डम्बरदेव अधिकारी, शिवप्रसाद रेग्मी, देवेन्द्रप्रसाद कोइराला र कमलप्रसाद गुप्ता चयन भएका छन् ।