तालिम सम्पन्न

सुर्खेत, ४ फागुन । (साबिस)
किर्डाक नेपाल सुर्खेतद्वारा सञ्चालित संवाद केन्द्रका सहजकर्ताहरूका लागि १० दिने संवाद सहजीकरण तालिम सम्पन्न भएको छ । स्ट्रोम फाउण्डेशनको सहयोगमा सञ्चालन भएको उक्त तालिम मंगलवार सम्पन्न भएको हो । 
तालिम समापन कार्यक्रममा संवाद सहजकर्ताहरू समाज रूपान्तरणका अभियन्ताहरू भएको र संवाद केन्द्रहरूलाई गाउँको सूचना केन्द्रको रूपमा विकास गर्न सुझाव दिइएको थियो । कार्यक्रममा जिविस सुर्खेतका सामाजिक विकास अधिकृत टंक लामिछाने, प्रमुख महिला विकास अधिकृत जमुना पौडेल, स्ट्रोम फाउण्डेशनका कार्यक्रम अधिकृत वीरेन्द्र नेपाली, पत्रकार ललित बसेल, सहभागीहरू सुरज पुन, लक्ष्मी खत्रीलगायतले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिएका थिए । गत माघ २४ गतेदेखि सुरु भएको तालिमको अध्यक्षता किर्डाकका कार्यक्रम संयोजक अनुप नेपालीले गरेका थिए ।
प्रकाशित मितिः   ५ फाल्गुन २०७२, बुधबार १०:३२