‘महिला हिंसाको प्रमुख कारण अशिक्षा’
सुर्खेत: कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले अशिक्षा नै महिला हिंसाको मुख्य कारक रहेको बताएका छन् । महिलाविरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्ने सम्बन्धी(सीड) समितिमा सोमवार भएको महिला तथा किशोरीको खाद्य र पोषणको सवाल केन्द्रित कार्यशालामा उनले प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेर अगाडि बढेको समेत जनाए ।
महिला शिक्षित भएमा हिंसाका घटनामा कमी आउने दावी गर्दै मन्त्री पोखरेलले त्यसका लागि प्रदेश सरकारले सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई सफल पार्न आवश्यक रहेको जानकारी दिए । बालबालिकाको शिक्षाका सवालमा विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि बालिकाको शिक्षामा अझै पनि संर्घष गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । यसका लागि सांस्कृतिक क्रान्ति आवश्यक भएको धारणा उनको छ । उनी भन्छन्, ‘धर्म, संस्कृति, रितीरिवाजका नाममा छोरीलाई पढ्नबाट वञ्चित गरिँदै छ । त्यो संस्कारको अन्त्य गर्नुपर्छ ।’
प्रकाशित मितिः ३० जेष्ठ २०८०, मंगलवार ०५:०२
साझा बिसौनी ।