मदन भण्डारी फाउण्डेसनको प्रदेश अध्यक्षमा शर्मा
सुर्खेत: मदन भण्डारी फाउण्डेसन कर्णाली प्रदेश कमिटीको पुनर्गठन गरिएको छ । बिहीवार वीरेन्द्रनगरमा भएको भेलाले पुनः रविन्द्रराज शर्माकै अध्यक्षतामा प्रदेश कार्यसमिति चयन गरेको हो ।
फाउन्डेशनको सचिवमा कुलमणी देवकोटा र कोषाध्यक्षमा घनश्याम पाण्डे चयन भएका छन् । सदस्यमा कलबहादुर हमाल, शेरबहादुर बुढा, दक्षिणा शाही, टेकेन्द्रकुमार बस्नेत, मनवीर घर्ती, करवीर चदरा, नारायणी चौलागाईं, भिमबहादुर सेन, तेजबहादुर चन्द र दानसिंह परियार रहेका छन् ।
प्रदेश अध्यक्ष शर्माको अध्यक्षता तथा फाउण्डेसनका केन्द्रीय सदस्य नन्दबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको भेलामा अर्का केन्द्रीय सदस्य टिका विष्ट र नेकपा (एमाले) का केन्द्रीय सदस्य नवराज रावतसहितको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २६ जेष्ठ २०८०, शुक्रबार ०५:०२
साझा बिसौनी ।