योजना आयोगको सदस्यमा खनाल

सुर्खेत: कर्णाली प्रदेश योजना आयोगको सदस्य नियुक्त गरिएको छ । सत्तारुढ नेपाली कांग्रेसको कोटाबाट ऋषि खनाल सदस्यमा नियुक्त भएका हुन् ।

जेठ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोमवार उनले पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । थप एक जना सदस्य नियुक्त गर्न बाँकी छ । मुख्यमन्त्री नियुक्त भएको झन्डै पाँच महिना बितिसक्दा पनि योजना आयोगले पूर्णता पाउन सकेको छैन । यसअघि आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट योगेन्द्रबहादुर शाही नियुक्त भएका थिए ।

आयोगको अध्यक्षमा मुख्यमन्त्री, एक उपाध्यक्ष र दुई सदस्य रहने व्यवस्था छ । यस्तै आयोगको पदेन सदस्यमा प्रमुख सचिव र सदस्यसचिवमा अर्थ मन्त्रालयको सचिव रहने व्यवस्था छ । उपाध्यक्षलाई प्रदेशको राज्यमन्त्री सरह र सदस्यलाई सांसद सरहको सेवा सुविधा दिइन्छ ।

प्रकाशित मितिः   २३ जेष्ठ २०८०, मंगलवार ०५:०२