विरुवा रोपेर वातावरण दिवस

सुर्खेत: कर्णाली प्रदेश सरकारले आज विश्व वातावरण दिवस मनाएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपभोग गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृतिको सही तरिकाले उपभोग गर्ने कुरा र प्रकृतिसँग संघर्ष गर्ने कुरामा मानिसहरू पछि परिरहेको तर्क राखे । बिरुवा रोप्दै उनले मानिसले तत्कालको सुखका लागि दीर्घकालीन विपद् निम्त्याइरहेको बताए । प्लाष्टिकजन्य पदार्थबारे उनले त्यसको विकल्पमा धेरै कुराहरू भएपनि प्रयोगमा ल्याउन नसकिएको बताए । उनले अगाडि भने, ‘विगतमा विवाह समारोहमा सालको टपरी बुन्ने चलन र त्यसको प्रयोग गरिन्थ्यो तर, अहिले बजारबाट प्लाष्टिक ल्याउने र प्रयोग गर्ने काम भइरहेको छ । यो एउटा समस्यासँगै तत्कालको सुख खोजीका लागि दीर्घकालीन विपद् निम्त्याइरहेका छौँ ।’

प्रकाशित मितिः   २३ जेष्ठ २०८०, मंगलवार ०५:०१