इन्द्र धनुष

basudev
वासुदेव पाण्डेय

मिले पानी थोपा रवि किरणका साथ नभमा
छचल्केझैकक लाग्यो विपुल जगमा स्वच्छ सुषमा ।
म लाटो झैकक हेर्ने सगर–जगको रङ्ग र रस
कहाँ जन्म्यो होला विविध रङको इन्द्र धनुष ?
झुकी खोलामा नै जलसित ग¥यो चुम्बन निकै
छ यो रङ्गीचङ्गी चहकमय देखिन्छ नजिकै ।
कला झल्क्यो नौलो प्रकृति मनको मिश्रित रस
सधैकक जन्मुन् लाग्ने विविध रङका इन्द्र धनुष ।।
मिली राता, सेता हरित र निला रङ्ग सजल
बन्यो इन्द्रेनी यो गगन धरती जोड्न सफल ।
कुनै बेला देखे मधुर सुषमा हट्छ सकस
सधैं देखे हुन्थ्यो विविध रङको इन्द्र धनुष ।।
सधैं पानी पार्ने नृपति नभका ’इन्द्र’ हुनु भो
झुकेको देख्नाले धनुषसरीको नाम ’धनु’ भो ।
न हो यो राजाको धनुष जग जो पार्दछ वश
दुवै मिल्दा बन्ने विविध रङको इन्द्र धनुष ।।
कलामा भेटिन्छन् विपुल जगका सुन्दर छटा
सयौकक मूर्ति हुन्छन् विघटित उडेमा घनघटा ।
कहाँ श्रद्धा राख्थे फरक नभए घाँस र कुश
‘जगत’कै शोभा होस् विविध रङको इन्द्र धनुष ।।
छ धर्तीमा शोभा अनुपम कतै प्रष्ट छ तर
कतै लुक्छन् भित्रै प्रकटित नभै चित्र लहर ।
कहाँ रित्तो हुन्थ्यो प्रकृतिभरिको जीवन रस
टिके हुन्थ्यो धेरै विविध रङको इन्द्र धनुष ।।
छ आँखामा आभा प्रकृति चटकेझैकक रसिक छ
छ धर्तीमा साँच्चै अनुपम छटा संकलित छ ।
कुवा गाग्री भर्दा प्रमुदित नभै क्यै टसमस
बने हुन्थ्यो धर्ती विविध रङको इन्द्र धनुष ।।

प्रकाशित मितिः   ८ माघ २०७३, शनिबार १७:०२