प्राइमद्वारा मोबाइल बैैंकिङ सेवा सुरु
सुर्खेत: प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मोवाइल बैकिङ सेवा सुरु गरेको छ । संस्थाले २३आँै स्थापना दिवसको अवसर पारेर मोबाइल बैङकिङबाटै खातामा रकम ट्रान्सफर गर्न मिल्ने सुविधा सुरु गरिएको हो । सहकारीमा पैसा बचत, ब्याज, किस्ता पनि मोबाइलबाटै तिर्न मिल्ने गरी सेवा सुरु गरिएको संस्थाका अध्यक्ष भुषणकुमार मानन्धरले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा वादी सरोकार मञ्च नेपाल अन्तर्गत संरक्षित वादी समूदायका बालबालिकाहरूलाई खाद्यान्न वितरण पनि गरिएको छ । बालबालिकाहरूका लागि ५५ हजार बराबरको खाद्यान्न वितरण गरिएको अध्यक्ष मानन्धरले बताए ।
अध्यक्ष मानन्धरका अनुसार संस्थाले सदस्यहरूबाट उचित ब्याजदरमा बचत संकलन, बचत रकमलाई न्यून ब्याजदरमा सदस्यहरूलाई कर्जाको रूपमा लगानी गरी आत्मनिर्भर बनाउँदै आएको छ । सहकारी क्षेत्रको माध्यमबाट नै ग्रामिण क्षेत्रमा छरिएर रहेको पुँजी, श्रम, सीप र प्रविधिको उपयोग तथा उद्यमशीलताको उचित रूपबाट विकास र विस्तार गरी सदस्यहरूलाई आर्थिक रूपमा अघि बढाएको उनको दाबी छ ।
प्रकाशित मितिः १३ जेष्ठ २०८०, शनिबार ०५:०४
साझा बिसौनी ।