सुर्खेतमा लागूऔषधसहित दुईजना पक्राउ

सुर्खेतस् लागूऔषधसहित सुर्खेतमा दुई जना पक्राउ परेका छन्। प्रहरीले लागूऔषध ब्राउन सुगरसहित सुब्बाकुनामा रहेको प्रहरीको चेक पोष्टनजिक चेकजाँचका क्रममा दुईजनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का श्याम गुरुङ र कपिल राना छन्। उनीहरुका साथबाट सात पुडिया लागु औषध ९ब्राउनसुगर० बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष शाखाले जनाएको छ।

गुरुङ र राना शंकास्पद अवस्थामा हिँडिरेहेको अवस्थामा चेकजाँच गर्दा लागुऔषध फेला परेको प्रहरीको दाबी छ। उनीहरुलाई बुधवार बेलुकी पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ६ माघ २०७३, बिहीबार १८:१६