उषा र सिद्धार्थ फाइनलमा

सुर्खेत: पहिलो संस्करणको कर्णाली एकेडेमी अन्तरस्कुल क्रिकेट च्याम्पिनसिपको फाइनलमा उषा बालवाटिका र सिद्धार्थ पाठशालाबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल आइतवार सुर्खेतमा रहेको कालुङ्गचोक मैदानमा हुनेछ ।

आयोजक कर्णाली एकेडेमीले जिल्ला क्रिकेट संघ सुर्खेतको स्वीकृतिमा उक्त प्रतियोगिता वैशाख २८ देखि सुरु गरेको हो । प्रतियोगितामा ११ टोली हुँदा दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिता विजेता टोलीले २५ हजार र उपविजेता टोलीले १५ हजार, ट्रर्फी र प्रमाणपत्र पाउनेछन् ।

११ टोली सहभागी प्रतियोगिता वैशाख २८ देखि सुरु भएको थियो । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर, उदीयमान खेलाडीले नगद पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई कर्णाली एकेडेमीले पूर्ण छात्रवृत्तिका साथ प्रशिक्षण गराउनेछ । एकेडेमीले सुर्खेत जिल्लाको ग्रासरुट र समग्र कर्णाली क्रिकेटकै विकास गर्ने उद्देश्यले यस प्रतियोगिता आयोजना गरेको हो ।

प्रकाशित मितिः   ६ जेष्ठ २०८०, शनिबार ०५:०२