आर्थिक उत्पादनमा कर्णाली कमजोर

सुर्खेत: राष्ट्रिय कूल ग्रार्हस्थ उत्पादनमा कर्णालीको योगदान अन्य प्रदेशको तुलनामा अति कमजोर देखिएको छ । तथ्याङ्क विभागको अध्ययनअनुसार कर्णालीको आर्थिक योगदान चार प्रतिशत मात्र रहेको छ । आर्थिक गतिविधि कम हुँदा प्रदेशको योगदान कम भएको विभागले जनाएको छ ।

कूल जनसंख्याको आधारमा कर्णालीको योगदान ६ प्रतिशत हुन आउँछ । तर आर्थिक गतिविधिको योगदानले अझै दुई प्रतिशत कम देखिन्छ । जसमध्ये कर्णालीको बृहत् आर्थिक क्षेत्रमा कृषिको योगदान ३१ प्रतिशत, उद्योगको १० प्रतिशत र सेवा क्षेत्रको योगदान ५९ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा कर्णालीको कुल गाह्रस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब दुई खर्ब २१ अर्ब हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा कर्णालीको कूल गाह्रस्थ उत्पादन संशोधित अनुमान दुई खर्व एक अर्ब थियो ।

यस्तै, कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा राष्ट्रिय तहमा कुल गाह्रस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आर्थिक वर्षमा पनि ४.१ प्रतिशत योग्दान पु¥याउने अनुमान छ । कर्णाली प्रदेशको प्रतिव्यक्ति आय पनि एक हजार अमेरिक डलर भन्दा कम छ । अनुमानित सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा कर्णालीका नागरिकको प्रतिव्यक्ति आम्दानी नौ सय ९७ अमेरिकी डलर प्रेक्षपण गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क विभागले शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८० को प्रादेशिक राष्ट्रिय लेखा अनुगमन सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक पदमराज पाण्डेले प्रदेशमा आर्थिक गतिविधि नहुँदा प्रदेशको अर्थतन्त्र परनिर्भर देखिने गरेको बताए । राष्ट्रिय गार्हस्थमा कर्णालीको योगदानमा हाल सेवा क्षेत्रमात्र रहेको उनले बताए ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले प्रदेशको अर्थतन्त्र उत्पादनमुखि नहुँदा राष्ट्रिय योगदान कमजोर रहेको बताए । कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा २०८१ सम्म कर्णालीको प्रतिव्यक्ति २१ सय अमेरिकी डलर पु¥याउने लक्ष्य राखिएको थियो । तर लक्ष्य निकै महŒवाकांक्षी भएपछि यसलाई घटाएर ११ सय ४० मा झारेको उनको भनाइ थियो ।

प्रकाशित मितिः   ६ जेष्ठ २०८०, शनिबार ०५:०१