विद्युत नहुँदाको समस्या

फलफूल तथा तरकारी खेती हुने क्षेत्रमा चिस्यान केन्द्र (कोल्ड स्टोर) अपरिहार्य हुन्छ । उत्पादित बस्तुहरुको बजारीकरणअघि त्यसलाई सुरक्षित राख्न चिस्यान केन्द्र महङ्खवपूर्ण हुन्छ । तर कर्णाली प्रदेशमा आवश्यक कोल्ड सेन्टरको अभाव छ । भएका पनि विभिन्न समस्याले सञ्चालन हुन सकेका छैनन् । कोल्ड स्टोर सञ्चालनमा सबैभन्दा मुख्य बाधा विद्युतको देखिन्छ । विद्युत पर्याप्त र नियमित नहुँदा कर्णाली प्रदेशका विभिन्न जिल्लामा बनाइएका चिस्यान केन्द्र समस्यामा परेका छन् । सञ्चालनमा आएका कोल्ड स्टोर पनि अहिले बन्द अवस्थामा छन् ।

पूर्वी सुर्खेतको भेरीगंगामा तीन करोड लगानीमा निर्माण गरिएको कोल्ड स्टोर विद्युत नभएकै कारण अहिले बन्दछ । आर्थिक वर्ष २०७३/०७४ देखि निर्माण सुरु गरिएको कोल्ड स्टोर आर्थिक वर्ष २०७७/०७८ बाट सञ्चालनमा ल्याइएको थियो । दुई सय मेट्रिकटन क्षमता रहेको कोल्ड स्टोर दुई वर्ष मात्र जेनतेन चल्यो । तर पछिल्लो समय सञ्चालन हुन सकेको छैन । सञ्चालनमा आएको दुई वर्ष धौ–धौ सञ्चालन भएको थियो, अहिले मेसिन बिग्रेकाले सञ्चालनमा छैन । कोल्ड स्टोर सञ्चालन गर्न विद्युत बाधक बनेको छ । यस्तै रुकुम–पश्चिमको आठबिसकोट नगरपालिकामा सञ्चालित कर्णाली डेबरेज चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनमा पनि कठिनाइ भएको छ । विद्युत नियमित नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न हम्मेहम्मे भइरहेको छ । जेनेटरबाट सम्भव छैन । किसानले राम्रो मूल्य पाउने आशमा स्टोरमा राख्छन् तर कुहिएर जान्छ । स्टोरको क्षमता दुई सय मेट्रिक टनको रहेको छ । विद्युतका कारण स्टोर सञ्चालनमा समस्या भएको छ । यि त उदाहरण मात्रै हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ठूला दुई सय मेट्रिक टन क्षमताका कर्णालीमा चार वटा कोल्ड स्टोर सञ्चालनमा गरिएको जनाएको छ । एक सय ३२ केभिए विद्युत प्रशारण लाइन नहुँदा सम्मका लागि मन्त्रालयले कोल्ड स्टोर नयाँ थप निर्माण नगर्ने भएको छ । विद्युत आपूर्ति सहज नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न नसकिने अवस्था आएको हो ।

प्रदेशमा ठूला कोल्ड स्टोर चार वटा छन् । वीरेन्द्रनगरमा निर्माणको क्रममा छ । तर विद्युतको भोल्टेज नपुग्दा फलफूल तथा तरकारी कुहिने र किसानलाई लाभ हुनुभन्दा घाटा हुने गरेको छ । मन्त्रालयले एक सय ३२ केभिए प्रशारण सुरु नहुँदासम्म नयाँ कोल्ड स्टोरका कार्यक्रममा अनुदान नदिने जनाएको छ । फलफूल तथा तरकारीको व्यावसायिक विकास गर्ने योजना बनाउने सरकारले चिस्यान केन्द्र निर्माण र त्यसका लागि आवश्यक पर्याप्त विद्युत उपलब्ध गराउनेतर्फ पनि उत्तिकै गम्भिर भएर सोच्न जरुरी छ ।

प्रकाशित मितिः   २ जेष्ठ २०८०, मंगलवार ०५:०३