व्यवसायिक योजना तालिम

सुर्खेत, ५ फागुन । (साबिस)
व्यवसायिक योजना विकास सम्बन्धी तालिम वीरेन्द्रनगरमा सुरु भएको छ । मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । बहुसरोकारवाला वन कार्यक्रमको सहयोगमा सुरु भएको तालिममा वन पैदावारको उपभोग र संरक्षणको बारेमा जानकारी दिइनेछ ।
तालिममा मध्यपश्चिमका विभिन्न जिल्लाबाट उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारीहरूको सहभागिता रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको वन उद्यम महाशाखाका प्रमुख नरेन्द्र खड्काको सभापतित्व तथा क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका उप–प्रशासक नारायणप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । सो अवसरमा क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले वन पैदावारको व्यवस्थापन तथा त्यसको सदुपयोग गर्ने सीप प्रदान गर्नका लागि तालिमको आयोजना गरिएको बताए ।
प्रकाशित मितिः   ६ फाल्गुन २०७२, बिहीबार ०७:२६