आर्थिक उन्नतिको एक स्रोतः कृषि तथा साना घरेलु उद्योग

तिलक अधिकारी 
नेपाल एक कृषिप्रधान साथै जलस्रोतको दोस्रो धनी देश हो । प्रकृतिले नै नेपाललाई कृषिको लागि उपयुक्त वातावरण तयार गरिरहेको हुन्छ । भौगोलिक बनावट र मौसम अनुसार फरक–फरक तरकारी फलफूल तथा अन्नबाली उत्पादन हुने गरेको पाइन्छ । नेपालमा तर आजको २१ औं शताब्दीमा आइपुग्दासम्म हामी विकसित भयौं तर हाम्रो मानसिकता र हाम्रो आर्थिक उत्पादनको स्रोत विकसित हुन सकेको छैन । किनकी हामी स्वदेशमा भूमिमा मेहेनत गर्न लाज मान्ने गर्छाैं । विश्वका कैयौं खाडीमुलुक (जहाँ मरभूमि मात्रै छ) मा प्रशस्त मात्रामा कृषि तथा साना घरेलु उद्योग धन्दा चलाइरहेका छन् । नेपाल विश्वकै दोस्रो ठूलो जलस्रोतको धनी देश यसको उपयोग गर्न सकेका छैनौं । आजको दिनसम्म हेर्दा हाम्रो देश नेपालका करिब आधा जति कृषियोग्य जमिन बाँझै रहेका छन् । सबै युवाशक्तिहरू हजारौंको संख्यामा विदेश पलायन भइरहेका छन् । अझ ग्रामीण भेगमा हेर्ने हो भने युवाहरू फाटफूट मात्रामा मात्र रहेको एक तथ्याङ्कले जनाएको छ । ग्रामीण भेगमा केवल बुढाबुढी र बच्चाबच्चीहरूको मात्र बाहुल्यता पाइन्छ । 
सम्पूर्ण युवाशक्तिहरू आफ्नो आर्थिक स्थिति बलियो बनाउन र छोरा–छोरीको भविष्य उज्यालो बनाउन विदेश पलायन हुन बाध्य भएका छन् । तर यसमा पनि कतिका सपना पूरा भएका छन् त कतिका सपना अधुरै अझ भनौं कति युवाहरू दलालको माध्यम भएर जाँदा लुटिएको र कति नक्कली भीसाबाट जाँदा विदेशमा दुःख पाएको खबर पनि हामी पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा आफूलाई पाइक पर्ने सञ्चार माध्यमबाट सुन्दै र पढ्दै आइरहेका छौं । वास्तवमा यो भन्दा ठूलो समस्या के हुन सक्छ हामी नेपालीको लागि ? आखिर किन पलायन भइरहेका हुन् त युवा शक्तिहरू ? राज्यले किन स्वदेशकै रोजगार दिलाउन सकेको छैन । अब सोच्नुपर्ने बेला आएको छ । सायद राज्यले स्वदेशमै रोजगार दिलाएको भए युवाहरू विदेश पलायन हुनुपर्थेन होला । त्यस्तै हामी नेपाली परम्परागत शैक्षिक मान्यताले पनि वेरोजगारी हुनुपरेको छ । अझ भन्दा पढेलेखेका मान्छेले खेतीपाती गर्न हुँदैन भन्ने मान्यता रहेको छ । हामीले व्यवहारिक पद्धतिलाई भन्दा परम्परागत सैद्धान्तिक पद्धतिलाई आत्मसात् गरेका छौं । हामीले घोकन्ते शिक्षालाई व्यवहारिक बनाउन सकिरहेका छैनौं । यदि राज्यले कृषि तथा साना घरेलु उद्योगमा केही आर्थिक सहयोग गरिदिने हो भने स्वदेशमै मनग्य आम्दानी आर्जन गर्न सकिन्छ र युवाशक्तिलाई स्वदेशमै रोजगार दिलाउन सकिन्थ्यो । त्यस्तै किसिमको राज्यले नीति तय गरेको भए पनि युवाहरू कृषिमा सक्रिय हुने थिए होला ।
यसो भन्ने खोजेको पनि हैनकि राज्यले कुनै नीति तय गरेको छैन । राज्यले यस्तो नीति ल्याएको छ तर, आम निम्न वर्गीय तथा सर्वसाधारणको पहुँचमा पुग्न सकेको छैन । तिनै सर्वसाधारण जो दैनिक मजदुर गरेर जीवन निर्वाह गरिरहेका तिनीहरूको पहुँचमा पुग्न सकेको छैन । हुनत नेपालका केही व्यक्तित्व तथा समुदायले यस्ता कृषि तथा साना व्यवसायहरू जस्तैः बंगुरपालन, कुखुरापालन साथै तरकारी व्यवसाय टमाटर खेती, स्याउ खेती जस्ता अन्य व्यवसायमा संलग्न भइसकेका छन् । तर हाम्रो जस्तो कृषिप्रधान मुलुकमा यसै पूर्ण रूपमा बढावा दिन जरुरी देखिन्छ । देशको समुन्नत विकासको लागि पनि बढावा जसरी देखिन्छ । हामीले कृषियोग्य जमिनलाई खेर फाल्नु हुँदैन । किनकि जमिन भनेको हामी नेपालीको लागि आम्दानीको स्रोत हो । यदि यसरी नै युवाहरू विदेश पलायन हुने क्रम बढ्दै जाने हो भने हामी नेपालमा मेहेनत गर्नेको संख्या कम हुनेछ । अझ नाकाबन्दीले हामीलाई आफ्नै ठाउँ देखाएको छ र सुध्रिने मौका दिएको गर्दा पनि अरुकै भरपर्ने बानी अब सुधार्नुपर्ने अवसर आएको छ । हामी आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश पाएका छौं । हामी कडा परिश्रम र निरन्तर लागि रह्यौं भने हाम्रो सफलताको दूरी धेरै टाढा रहँदैन । हामीले जतिको पसिना विदेशमा बगाउँछौ, मेहेनत गर्छांै त्यतिकै मेहेनेत हाम्रै देशमा ग¥यौं भने नेपालमा पनि सुन फल्छ, हिरा फल्छ । यसो त नेपालमा जति पढे पनि नेपालमा रोजगार छैन । 
भन्ने युवाशक्तिहरूको आवाज यदाकता आइरहन्छ । तर, त्यसको लागि राज्यले पनि थप नीति तय गर्नुपर्छ र युवाहरूले आफ्नै देशमा मेहेनत गर्ने मानसिकता तयार गर्नुपर्छ र सोहीअनुसार काम गर्न जरुरी देखिन्छ । अझ भन्दा स्वदेशमा जसले जुन पेसा वा व्यवसाय गर्ने गरेका छन् । तिनीहरूलाई आफ्नो पेसा व्यवसायप्रति सन्तुष्ट हुन सिक्नुपर्छ र हुनु पनि पर्छ । आफूले आफ्नो कामलाई आत्म सन्तुष्टीको रूपमा लिनुपर्छ । आत्म सन्तुष्टी भयो भने आफूलाई पूर्ण भएको महसुस हुने देखिन्छ यसरी हेर्दा कृषि तथा साना घरेलु उद्योगबाट नै देशको आर्थिक स्थितिमा सुधार आउन सक्ने भएकाले त्यसमा व्यक्ति परिवार, समुदाय, समाज र राज्यले नै आफ्नो तर्फबाट लागिपर्नुपर्ने देखिन्छ । यदि सबैको सहकार्य भएमा हामीले हाम्रो व्यक्तित्व र राष्ट्रलाई समृद्ध बनाउन सकिने भएकाले सबैले मन, वचन र कर्मले यसलाई मनन् गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 
प्रकाशित मितिः   ६ फाल्गुन २०७२, बिहीबार ०७:२५