प्रदेश सरकार विधिविपरित हिँड्दैछ

एक जना मात्रै सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिँदा कणाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिनुपर्‍यो । राप्रपाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक्ली सांसद सन्तोषी शाहीले दोस्रो पटक सरकारलाई विश्वासको मत दिइनन् । जनताको हितमा काम गर्न नसकेको भन्दै उनी सरकारको आलोचना गर्दै आएकी छिन् । पछिल्लो पटक राप्रपाले कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलको मान्यता आफूले पाउनुपर्ने माग गर्दै आएको छ । यसै सन्र्दभमा संवाददाता रजनी योगीले शाहीसँग गरेको संक्षिप्त संवादः

पहिले यही सरकारलाई समर्थन गर्नुभयो, पछि फिर्ता लिनुभयो ? कारण के थियो ?

देशको हितमा केही गर्न सकिन्छ की भनेर समर्थन गरेको थियौँ । तर अहिले हामीले किन पनि समर्थन गरेनौँ त भन्दा जसले देशको अहितमा काम गर्न खोजे, विदेशीको बढी मात्रामा चलखेल भयो । देशको हित विपरित सरकार अघि बढ्न थाल्यो । हामीले यो सरकारलाई समर्थन गर्नुभन्दा विपक्षमा बस्न उपयुक्त ठानेका हौँ । त्यसैले समर्थन फिर्ता लिनुपरेको हो । यो हकमा हामीले सरकारलाई समर्थन गर्नुको कुनै अर्थ देखेनौँ । तब प्रतिपक्ष रोजेका हौँ ।

सरकार गठन भएको सय दिन पुग्न थाल्यो, सरकारको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

सरकारले मापनयोग्य काम गरकै छैन । सरकारको काम हेर्ने हो भने शून्यमै छ । केही गर्ने प्रयास समेत सरकारले गरेको देखिँदैन त ? सुशासन र समृद्धिको पक्षमा सरकारले काम गर्न चाहेकै छैन । जनताको हितका लागि सरकारले एउटा पनि राम्रो देखिने खालका काम गरेको देखिँदैन । यो सरकारले त खाली कार्यकतामुखी काम गरिरहेको छ । राम्रो काम गर्ला भन्ने विश्वास छैन ।

प्रदेशसभामा तपाईंहरूले उठाएका विषयमा सरकारले कत्तिको ध्यान दिन्छ ?

केही उठान भएका विषयमा ध्यान गएकै जस्तो लाग्छ । ध्यानभन्दा पनि विश्लेषण, चासो र चनाखो भइरहेको पाइएको छ । उठान गरेका विषय ठीक हो भन्ने पनि छ सरकार पक्षबाटै । बेठीक भन्ने पनि होलान् । हामीले जायज माग गरेका छौँ । हामीले राखेका माग शतप्रतिशत जनता र देशको हित हुने खालका छन्, सरकारले हेर्नु प¥यो नि ? उनीहरूले त्यो त बुझ्नुपर्ने हो नि । समाज, प्रदेश र समग्र देशकै लागि केही गर्नुपर्छ भन्ने माग जोड्दारले उठान गर्छौैं । भ्रष्टाचार हुनुहुँदैन, सिस्टममा हिँड्नुपर्छ, संसदीय व्यवस्थामा हामी हिँड्नुपर्छ भन्ने माग हाम्रो छ । राम्रो जायज मागको लागि राप्रपा अगाढि बढिरहन्छ ।

कर्णालीमा राप्रपाले प्रतिपक्ष दलको मान्यता पाउनुपर्ने दाबी गरेको हो ?

एकदमै हो । अब भन्नुपर्दा सबै दल एकपक्ष भइसकेपछि, सरकारको समर्थनमा मतदान गरिसकेपछि उनीहरू कसरी प्रतिपक्ष दल भनेर भन्न सकिन्छ ? त्यो त एउटा नैतिकताले दिँदैन नि ? मैले यहि प्रश्न गरिरहेको छु । ठीक छ मलाई सेवा सुविधा चाहिएको होइन । प्रतिपक्ष दलक भइसकेपछि एक होस् या २० होस् सांसदीय संख्या प्रतिपक्षको दर्ता दिनुप¥यो नि ? एकजनाले गर्दा विश्वासको मत लिन प¥यो त ? यो कुरा सरकारले किन ग¥यो त ? नगरे पनि हुन्थ्यो त । अहिले प्रतिपक्ष हुँदैन, यति प्रतिशत संख्या चाहिन्छ भन्न मिल्छ ? त्यो मिल्दैन नि त । त्यसैकारणले गर्दा राप्रपा प्रतिपक्ष दल हो । हामीलाई त्यो व्यवस्था हुनुपर्छ । सबै पार्टी एक गोल भएर सरकारमा लाग्ने अनि प्रतिपक्ष राप्रपालाई मान्यता नदिने यो कुरा लज्जास्पद हो । कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलको रूपमा राप्रपालाई मान्यता दिनुपर्छ भन्ने जोडदार माग हाम्रो छ । मेरो छ । म माग गरिरहन्छु ।

प्रदेशसभामा अहिलेसम्म दुई वटा विधेयक मात्रै टेबुल भएको छ, सभाको कामकारबाही पनि सुस्त भएको हो ?

प्रदेश सरकारमा के छ भने, मैले अहिलेसम्म जति हेरेँ, जति बुझँे सरकार भागबन्डा, आफ्नो पार्टीगत रूपमा, व्यक्तिगत रूपमा काम अगाडि बढाउन खोजिएको छ । मनपरी तरिकाले चलाउने, कसैले हस्तक्षेप गर्न नसकोस् भन्ने मान्यताले सरकार अघि बढेको देखियो । भ्रष्ट मानसिकता बोकेर अघि बढ्दैछ । कति कुरा त अस्वभाविक तरिकाले प्रस्तुत भएका छन् । पेस गरिएको विधेयकको पनि विधि नै मिलेकै छैन । त्यो कुराले गर्दा काम एकदमै सुस्त छ । अन्य प्रदेशमा हेरेर हाम्रो प्रदेशको कामकारबाही, संसदीय भूमिका एकदमै सुस्त भएको देख्दा म अच्चमित छु । सरकारले कुरा मात्र गर्ने काम गर्न नसक्दा विफल हुन खोज्दैछ ।

प्रदेश सरकारलाई केही सुझाव दिन चाहनुहुन्छ ?

नेतृत्वमा पुगिसकेपछि नेतृत्व गर्ने हैसियत पनि राख्नुपर्छ । विधि बसाल्न सक्नुपर्छ । सरकारमै रहेका दललाई समेत समेटेर अगाडि बढ्न सरकारले नसकेको अवस्था छ । सिस्टमको विकास हुन जरुरी छ । ऐन, कानुन र त्यही परिधिभित्र बसेर काम गर्न सक्नुपर्छ । कामको तालमेल नमिल्दा बजेट खर्च हुन सकेको छैन । बजेट रकमान्तर गरिएको छ । गुणस्तरीय काम हुन सकिरहेको छैन । यदि सरकार सिस्टममा हिँड्न सक्यो भने सोचेभन्दा राम्रो काम पनि गर्न सक्छ ।

प्रकाशित मितिः   २६ चैत्र २०७९, आईतवार ०५:०५