पाँच लाख सङ्कलन

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ फागुन ।
राकममा सञ्चालन भइरहेको सिम्ता धार्मिक महोत्सवको पहिलो दिनमा पाँच लाख ९८ हजार नगद सङ्कलन भएको छ । सिम्ता बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण र प्राविधिक शिक्षा सञ्चालन गर्न सुरु भएको महोत्सवको पहिलो दिन नै उक्त रकम सङ्कलन भएको हो ।
धार्मिक महोत्सवमा नेपाली कांगे्रस क्षेत्र नम्बर एकका सभापति तथा राकम–२ का स्थानीयबासी खड्कबहादुर पोखरेलले सबैभन्दा बढी एक लाख ११ हजार एक सय ११ रूपैयाँ सहयोग गरेको महोत्सव मूल आयोजक समितिका प्रचार–प्रसार संयोजक टेकेन्द्र बस्नेतले जानकारी दिए । 
उनले धार्मिक महोत्सवमा गौतम दान, तुलादान, ग्रहशान्ति, ब्रतबन्ध लगायतका कार्यक्रम जारी रहेको बताए । १२ गतेसम्म सञ्चालन हुने धार्मिक महोत्सवमा अन्तर्राष्ट्रिय कथा वाचक गोविन्दशरण महाराज र मिरादेवीले कथा वाचन गरिरहेका छन् ।