‘नागरिकको सहजताका लागि कानुन’

सु्र्खेत: मुख्यमन्त्री राजकुमार शर्माले स्थानीय सरकारले नागरिकको सहजताका लागि कानुन निर्माण गनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संघीयताको कार्यान्वयन गर्ने प्रमुख भूमिका स्थानीय सरकारलाई रहेको भन्दै शर्माले भएका ऐन, कानुनमा टेकेर काम गर्न सुझाव दिए । तीन तहका सरकारका साझा अधिकारलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । प्रदेश सरकारलाई आवश्यक क्षेत्राअधिकार नहुँदा अपेक्षित काम गर्न नसकिएको शर्माको भनाइ छ ।

अर्को प्रसंगमा मुख्यमन्त्री शर्माले प्रक्रियामुखी नभइ प्रतिफलमुखी काम गनुपर्नेमा जोड दिए । कर्मचारीहरूमाथि सेवाग्राहीको सकारात्मक दृष्टिकोण नरहेकाले उनीहरूको दृष्टिकोण बदल्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । ‘कर्मचारीहरूमाथि सेवाग्राहीहरूको आक्रोश मात्रै छ, समयमा काम भएन, सरल ढङ्गमा सेवा प्रवाह भएन भन्नेजस्ता गुनासाहरू प्रशस्तै सुनिन्छन्, यस्तो किन भइरहेको छ ? यस्ता गुनासाहरू सदाको लागि अन्त्य हुनेगरी काम गर्नुपर्ने देख्छु’ उनको भनाइ थियो । सरकारको नीति तथा कार्यक्रमलाई घरदैलोमा पु¥याउने काम कर्मचारीहरूको भएकाले जनतामा खस्किँदो दृष्टिकोणलाई बदल्ने चुनौती रहेको मुख्यमन्त्री शर्माले बताए ।

प्रकाशित मितिः   ९ चैत्र २०७९, बिहीबार ०५:०२