पर्यटन प्रवद्र्धन गर्न पशुपतिदेखि पञ्चकोशी यात्रा

सुर्खेत: दैलेखको पञ्चकोशीको प्रचार तथा पर्यटन प्रवद्र्धनका लागि संघीय राजधानी काठमाडौंसँग जोड्न यात्रा थालिएको छ । मनघरी फाउण्डेशनको आयोजना तथा दैलेखी सेवा समाज काठमाडांै, दुल्लू नगरपालिका, भैरवी गाउँपालिका र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्य पशुपतीदेखि पञ्चकोशी यात्रा सुरु गरिएको हो ।

कर्णाली प्रदेशसभा सदस्य घनश्याम भण्डारीले यो यात्राले प्रचुर पर्यटकीय सम्भावना बोकेको पञ्चकोशीको प्रचारमा सघाउ पुग्ने बताए । ‘यस क्षेत्रमा पर्यटकीय गतिविधि आशातित नबढ्नुको मुख्य कारण गन्तव्यको उचित प्रचार–प्रसार नहुनु र पर्याप्त पुर्वाधार तयार नहुनु नै हो’ भण्डारीले भने, ‘पर्यटकीय हिसाबले महŒवपूर्ण पञ्चकोशीलाई काठमाडौंसँग जोड्न आवश्यक छ ।’

यात्राका परिकल्पनाकार एवम् नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका पर्यटन दुत भरतबन्धु थापाले कर्णालीमा पर्यटकीय सम्भावना प्रचुर भएर पनि यो क्षेत्रको उचित प्रचार–प्रसार हुन नसकेको बताए । पर्यटकीय हिसाबले महŒवपूर्ण रहेका स्थानलाई नेपाल तथा विश्व माझ थप चिनाउनु आवश्यक ठानेर पशुपतिदेखि पञ्चकोशी यात्राको थालनी गरिएको उनले जनाए ।

विश्वसम्पदामा सूचिकृत पशुपतिदेखि धार्मिक तथा ऐतिहासिक स्थान पञ्चकोशीसम्म यात्रा गर्दा बागमती प्रदेशको पशुपति, गण्डकी प्रदेशको देवाघाट, लुम्बिनी प्रदेशको लुम्बीनी र बागेश्वरी, कर्णाली प्रदेशको देउती बज्यै, काँक्रेविहार, पञ्चकोशी समेटिने थापाले जानकारी दिए । यात्रापछि संघीय राजधानी काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तस्वीर तथा भिडियो प्रदर्शनी गरिने आयोजक मनघरी फाउण्डेशनले जनाएको छ ।

प्रकाशित मितिः   ६ चैत्र २०७९, सोमबार ०५:०२