स्ववियू निर्वाचन शान्तिपूर्ण

सुर्खेत: आइतवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसमा मतदान भएको हो ।

केही छिटफुट घटनालाई छोडेर कर्णाली प्रदेशका क्याम्पसहरूमा शान्तिपूर्ण तरिकाले मतदान भएको छ । कालीकोटको जनचेतना बहुमुखी क्याम्पसमा सामान्य झडप भएको थियो । त्यहाँ भोटिङ हुँदै गर्दा विवाद भएको हो । प्रहरी र विद्यार्थीबीच झडप भएको थियो । यद्यपि विवाद साम्य पारेर आइतवार नै मतदान सम्पन्न गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका १० वटा आङ्गिक क्याम्पसमध्ये (नारायण क्याम्पस दैलेख बाहेक) नौ वटामा चुनाव सम्पन्न भएको छ । १० वटामध्ये तीन वटा लुम्बिनी प्रदेशमा पर्दछन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पसको निर्वाचन भने रोकिएको छ ।

त्रि–भूवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा पनि चुनाव भएको छ । यसअघि करिब १५ वटा क्याम्पसहरूमा भने निर्विरोध रूपमा चुनाव सम्पन्न भइसकेको छ । अधिकांश क्याम्पसको नतिजा सोमवारसम्म आउने देखिएको छ ।

प्रकाशित मितिः   ६ चैत्र २०७९, सोमबार ०५:०१